• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
धोवीनीमा निशुल्क स्वास्थ्य शिबिर

वीरगंज,१३ चैत्र । नेपाल रेडक्रस सोसाईटी उपशाखा धोबिनीको आयोजनामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
पर्साको गाविस धोबिनी स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालयमा सम्पन्न शिबिरमा तीन सय पच्चीस जना बालबालिकाले स्वास्थ्य परिक्षण गराएका छन् । नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जका बरिष्ठ बालरोग बिशेषज्ञ डा. पन्नालाल पटेलले स्वास्थ्य परिक्षण गरेका थिए ।
स्वास्थ्य परिक्षण पछि निशुल्क औषधि समेत बितरण गरिएको कार्यक्रम संयोजक एवं रेडक्रस उपशाखा धोवनीका सचिव सरोज पटेलले बताए । शिबिर रेडक्रस उपशाखा धोवनीका सभापति तबरेज अहमदको सभापतित्वमा सम्पन्न स्वास्थ्य शिबिरमा स्वास्थ्यकर्मी अशोक पटेल र स्थानिय युवाहरुले सहयोग गरेका थिए ।