बृजमान तामाङ÷बिरेन्द्र बजार, ११ चैत्र । सप्तरीको तेरहौतामा विहीबार लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धि एक दिवसिय कार्यक्रम आयोजना गरेको छ ।
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल सप्तरीद्धारा कार्यक्रमको आयोजाना गरेको हो । सञ्जाल सप्तरीका अध्यक्ष मनोहर कुमार पोखरेलको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दान बहादुर कार्कीको प्रमुख अतिथ्यमा कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रमा महिला माथि हुने बिभिन्न प्रकारका अपराध, हिंसा नियन्त्रण, निःशुल्क परामर्श तथा कानूनी सहयोग समन्धमा सहभागीहरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधि, सामाजिक संघ–संस्थाका पदाधिकारी, बिभिन्न वडाका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण ईन्सेक प्रतिनीधि तथा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल सप्तरीका अध्यक्ष पोखरेल र जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक कार्कीले गरे । क्रेस नेपालका अध्यक्ष तथा सञ्जालका सदस्य उपेन्द्र साहद्धारा सञ्चालित कार्यक्रममा स्वागत जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी अनिता पोखरेलले गरिन् ।