राजविराज, ११ चैत्र । हिन्दू समुदायले रङ्ग अबीरले मनाउने होली पर्व यस वर्ष पनि शान्ति, सदभाव र एकताको सन्देश दिँदै बुधवार सम्पन्न भएको छ ।
पहाडका जिल्लाहरुमा भने मङ्गलवार नै मनाईए पनि तराई मधेशका जिल्लाहरुमा भने बुधवार होली पर्व मनाईएको हो । एक आपसमा रङ्ग, अबीर लगाएर होली पर्व मनाईएको छ ।
मधेशका जिल्लाहरुमा रहेका होरी समूहहरुले भने होरी गीत गाएर मनाएका छन् । मधेशका जिल्लाहरुमा मट्का फोर कार्यक्रम समेत आयोजना गरिएको थियो । कैंयो फिट माथि झुण्ड्याइएको माटोको भाँडा युवाको समूहले सामूहिक रुपमा फुटाउने गर्दछन् ।
(तस्विरः सामाजिक सञ्जाल एवम विभिन्न व्यक्तिहरुको सहयोगमा )
















