वीरगंज, ६ चैत्र । तराई मधेस लोकतान्त्रिक पार्टी पर्साले पार्टी कार्यालय राधेमाईमा होली मिलन कार्यक्रम गरेको छ ।
पर्सा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य पुरुषोत्तम झाको सभापतित्वमा सम्पन्न समारोहमा जिल्लाका अगुवा नेताहरु लक्ष्मीकान्त तिवारी, सुरेन्द्र कलवार, रामाशंकर द्विवेदी, लालबाबु पटेल, पर्सा जिल्ला उपाध्यक्ष संतोष तिवारी ,सचिव चन्दन मिश्रा, तराई मधेस महिला संघकि पर्सा अध्यक्ष रेखा साह,बिद्यार्थी नेता भरतभुषण पाण्डे, क्षेत्र नं. २ का अध्यक्ष दिपलाल महतो,तमलोपा पर्साका पुर्व अध्यक्ष रमतुल्लाह खान लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले जारी मधेस आन्दोलन चलिरहेको र सो आन्दोलनलाई सफल पार्न आ आफनो क्षेत्रबाट नेतृत्वदायि भुमिका निर्वाह गर्न जोड दिए ।
यसैबिच निम्स ईन्सिटिच्युट वीरगञ्जले आफनो लिंक रोड स्थित कार्यालयमा होली मिलन समारोह सम्पन्न गरेको छ । निम्स वीरगंजका म्यानेजिङ्ग डायरेक्टर सरोज पटेलको सभापतित्वमा सम्पन्न समारोहमा ईन्सिटिच्युटका बिद्यार्थी ,अभिभावक,वीरगंजका बिद्यालयहरुको प्र.अ,प्रध्यापक,शिक्षक ,प्याप्सन र एनप्याप्सनका पदाधिकारी,सञ्चारकर्मीहरुको उपस्थितीमा होली मिलन कार्यक्रम सम्पन्न गरिएको छ । निम्सले बिगत सात बर्ष देखि होली मिलन लगायत बिभिन्न समाजिक क्रियाकलाप गर्दै आएको निर्देशक अजय यादवले बताए । समारोहमा निम्सका कोडिनेटर अमन पटेलले सहजीकरण एवं मार्केटिगं अफिसर धिरज साहले शुभकामना मन्तव्य व्यक्त गरे ।