काठमाण्डौ । बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालको नयाँ सद्भावना दुतको रुपमा नायिका स्वेता खड्का अनुबन्धित भएकी छिन् ।
काठमाडौं स्थित नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच नायिका स्वेता खड्कालाई बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियानका संयोजक राज कुमार महतोले राष्ट्रिय अभियानको नयाँ सद्भावना दूत घोषणा गरे । उक्त समारोहमा नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतका पिछडिएको समुदाय उत्थान विकास समितीका उपाध्यक्ष रामचन्द्र प्रसाद मौर्यले सद्भावना दुतको नियुक्ति प्रमाण–पत्र नायिका स्वेता खडकालाई प्रदान गरे ।
विगत दुई वर्ष देखि अर्को सद्भावना दुतको रुपमा कार्यरत डा. सि. के सिंहलाई समेत सद्भावना दुतको प्रमाण पत्र हस्तान्तरण गरियो । दुई वर्ष पहिला डा. सिंहसँगै अनुबन्धित भएकी पुर्व सद्भावना दुत नायीका गरिमा पन्तलाई स्वंयसेवाको भावना र बाल विवाह एवम् दाइजो विरुद्धको अभियानमा गरेको योगदानको कदर गर्दै अभियानको तर्फबाट संयोजक राज कुमार महतोले आभार व्यक्त गरे ।
युवा युवतीले बाल विवाह गर्दिन र दाइजो लिन्न भन्ने प्रण गरेर पालना गरिदिए देशबाट बाल विवाह र दाइजो जस्ता कुप्रथाको अन्त्य हुने सद्भावना दुत डा. सिहंले बताए । सोही अवसरमा नव सद्भावना दुतको रुपमा अनुबन्धित नायिका श्वेता खडकाले यो अभियान पावन भएको र यसले बालिका, नारीको मात्र नभई हाम्रो समाज र राष्ट्रको समृद्धीमा उल्लेखनीय योगदान पुर्याउने भएकोले आफु यस अभियानमा आबद्ध भएको बताउँदै पूर्ण रुपमा सक्रिय समेत रहने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
सोही अवसरमा विगत एक वर्षमा यस अभियानमा उल्लेखनिय योगदान पुर्याउने विभिन्न व्यक्तिहरु तथा संस्थाहरुलाई अभियानको तर्फबाट नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतका पिछडीएको समुदाय उत्थान विकास समितीका कार्यकारी निर्देशक डा. डिजन भटराई, महिला अधिकारकर्मी राधा पौडेल, भुमि अधिकारकर्मी कल्पना कार्की, नेपाल मुस्लिम एतेहाद संगठनका उपाध्यक्ष मोहमादिन अली र नागरिक समाजका तर्फबाट श्याम कुमार महतोले कदर पत्र प्रदान गरी सम्मान गरे ।
शिव लाल श्रेष्ठ, तस्वीर स्टुडियो, सुदिप बराल, रुपा झा, धिरेन्द्र प्रेमर्षी, पवन रोए, खुश्वु अग्रवाल, अन्जना शिल्पकार, सन्तोष गौतम, देवेन्द्र राज सिंह, दिपक विश्वकर्मा, रमेश यादव, राजेश यादव, राजन ठाकुर, कुमार भाष्कर, डि पि चक्रवर्ती, दिपिका भट, सिर्जना खनाल, सत्य यादव, मिस्ट कलेज, विनोद जोशी, अर्पण बम र नेक्सस आइटी प्रा.लि.लगायत अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरियो ।