• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराज पुनरावेदन बारमा अध्यक्षसहित लोकतान्त्रिक प्यानल विजयी

राजविराज पुनरावेदन बारमा अध्यक्षसहित लोकतान्त्रिक प्यानल विजयी

राजविराज, ६ चैत्र । पुनरावेदन वार एसोसिएन राजविराजको नयाँ समितिमा बृहत लोकतान्त्रिक कानूनव्यवसायी समूहको प्यानल विजयी भएको छ ।
एसोसिएसनको अध्यक्षमा अधिवक्ता विजय कुमार यादवले १२४ मत प्राप्त गरी विजयी भएका छन् । प्रगतिशील प्यानलबाट अध्यक्ष पदका प्रत्यासी अधिवक्ता सुजित कुमार पोखरेलले ६१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नरेन्द्र भट्टराईले १०२ मत प्राप्त गरी विजयी भएका छन् भने प्रगतिशील समूहबाट उपाध्यक्ष पदका प्रत्यासी पार्वती जोशी थारुले ८२ मत प्राप्त गरेका छन् । सचिवमा बिमल कुमार साहले ११९ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मनोज देवले ६६ मत प्राप्त गरेका छन् । यसैगरी बार एसोसिएसनको कोषाध्यक्षमा बौधकृष्ण भगतले १०८ मत प्राप्त गरेर विजयी घोषित भए । उनका निकटतम प्रतिद्वन्द्वी उमाशंकर देवले ७६ मत प्राप्त गरेका छन् ।
एसोसिएसनको सदस्यमा लोकतान्त्रिक समूहकै उपेन्द्र यादव १०६, किसुनदेव ठाकुर १०४, शंकर प्रसाद राय ११२, शिवनारायण यादव ११७, राजकुमार साह ९५, नन्दकिशोर यादव ११०, लक्ष्मण कुमार ठाकुर ९३ र रामप्रसाद रायले मत प्राप्त गरी विजयी भएका छन् ।
यसैगरी केन्द्रीय पार्षदमा ललितेश्वर प्रसाद गुप्ता ९७, देवनारायण यादव (छपकी) ११९, सत्यनारायण यादव ९४, अशोक कुमार झा १०९, रणधीर कुमार कर्ण १०६, डा. चिरञ्जीवीलाल देव १०२, निकुन्तनारायण झा १०२ र देवनारायण चौधरीले ९४ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यमा भने अम्बिका चौैधरी निर्विरोध निर्वाचित भएकी छिन् ।
कुल २०१ मतदाता रहेको पुनरावेदन वार एसोसिएसनमा केन्द्रीय पार्षदतर्फ १४, सदस्यतर्फ ५ र पदाधिकारीतर्फ १ मत बदर भएको छ । नव निर्वाचन कार्यसमितिमा सम्पूर्ण पदमा बृहत लोकतान्त्रिक कानूनव्यवसायी समूहको प्यानलबाट सम्पूर्ण उम्मेदवारहरु विजयी भएका छन् ।