• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सर्वोच्चका पूर्व वरिष्ठ न्यायाधीशको निधनमा दुख व्यक्त

सर्वोच्चका पूर्व वरिष्ठ न्यायाधीशको निधनमा दुख व्यक्त

राजविराज, ३ चैत्र । सर्वोच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश एवम् प्रेस काउन्सिलका पूर्व अध्यक्ष बब्बर प्रसाद सिंह निधन भएपछि शोक सन्तप्त परिवारलाई सहानुभूति दिन विशिष्ट व्यक्तिहरु आउनेहरुको ओइरो लागेको छ ।
राजविराज नगरपालिका वडा नम्वर–४ निवासी सिंहको गत बुधबार उपचारको व्रmममा काठमाण्डौ स्थित ओम अस्पतालमा निधन भएको थियो । ९३ वर्षिय सिंह मृगौला तथा उच्च रक्तचापबाट ग्रसित भएका उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै व्रmममा उनको मृत्यु भएको हो ।
स्व. सिंहको तस्विरमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गर्न तथा सहानुभूति दिन आउने शुभचिन्तकको भीड लाग्ने गरेको छ । बुधबार सप्तरीका पत्रकार, अधिकारकर्मी, नागरिक समाज, विभिन्न संघ संस्था र दलका प्रतिनिधिहरु निवासमै पुगी स्व. सिंहको तस्विरमा पूmल माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्व. सिंहका २ छोरा, २ छोरी छन् । सप्तरीको कोइलाडी गाविस ३ मा जन्मिएका सिंह राज परिषद स्थायी समिति र न्याय परिषदका सदस्यको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए । सादा जीवन उच्च विचार र निष्ठाका धनी स्व. सिंहको निधनले जिल्लालाई मात्र नभई मुलुकलाई नै ठुलो क्षति पुगेको श्रद्धाञ्जली दिन आएका सप्तरीका वरिष्ठ पत्रकार एवम् प्रेस काउन्सिलका पूर्व केन्द्रीय सदस्य शिवहरी प्रसाद भटृराईले बताए ।