• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
डोली र देवेन्द्रले युएईमा धमाल मच्चाउने

राजविराज, १ चैत्र । सिरहाको अग्नीपीडित, मधेश आन्दोलनका घाइते एवम् सहीद परिवारहरुको सहयोगार्थ मधेशी कलाकारहरु युएईमा आयोजित ‘च्यारिटी शो’मा धमाल मच्चाउने भएका छन् ।
मधेशी समाज युएईद्वारा ईण्डियन सोसल सेन्टर अलएनमा आगामी १८ मार्च अर्थात चैत्र ५ गते आयोजना हुन लागेको उक्त कार्यक्रममा मैथिली तथा भोजपुरी सिनेमाकी अभिनेत्री डोली सरकार र चर्चित गायक देबेन्द्र सोनीको मुख्य प्रस्तुति रहने भएको हो । सप्तरीको राजविराज–८ कि चर्चित अभिनेत्री सरकारको मैथिली, भोजपुरी, नेपाली र हिन्दी गीतमा प्रस्तुति रहने छ भने भने दर्जनौ मैथिली, भोजपुरी, थारु र हिन्दी गीतहरु गाईसकेका सप्तरीकै कोइलाडी–९ का गायक सोनीले दर्शकहरु बीच गीत प्रस्तुत गर्ने जनाइएको छ ।24639_979708852117257_7717809327953598202_n
कार्यक्रममा दर्शकहरुको रुची अनुसारको नृत्यहरु प्रस्तुत गर्नुकासाथै मधेशको सँस्कृति झल्किने नृत्यहरु समेत प्रस्तुत गरिने नायिका सरकारले ‘न्यूज टुडे’लाई बताईन् । सिरहाको अग्नीपीडित, मधेश आन्दोलनका घाइते एवम् सहीद परिवारहरुको सहयोगार्थ कार्यक्रम आयोजन हुन लागेकोले युएईमा रहेका मधेशीहरुलाई सहभागी हुन समेत उनले आग्रह गरिन् ।
‘आफ्नो गाउँ–ठाउँ देश एवम् मधेशकालागि आफूले पनि केही योगदान गर्न सकुँ भन्ने उद्देश्यले ‘च्यारिटी शो’मा सहभागी हुन लागेकी हुँ’ नायिका सरकारले भनिन् ‘युएईमा रहेका दाजुभाइका बीच पारिवारिक माहोलका बीच प्रस्तुति रहने भएकोले म धेरै खुशी छु ।’ दर्जनौ मैथिली तथा भोजपुरी सिनेमाहरुमा अभिनय गरिसकेकी उनी यस अघि १५ पटक कतारमा आफ्नो उत्कृष्ट प्रस्तुति देखाईसकेकी छिन् ।Picture 043
नायिका सरकारसँगै युएई जान लागेका सु–मधुर स्वरका धनी गायक सोनीले भने यस अघि एक पटक कतारमा गायन प्रस्तुती गरिसकेका छन् । उनीहरु सोमवार साँझ काठमाण्डौ प्रस्थान गरेका छन् । चैत्र ३ गते १६ मार्च युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नायिका सरकार र उदीतनारायणको जस्तै आवाज भएका गायक सोनीलाई मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, चर्चित सङ्गीतकार शैलेन्द्र विश्वकर्मा, कलाकार चम्पा विश्वकर्मासहितका व्यक्तिहरुले कार्यक्रम सफलताको शुभकामना दिँदै सोमवार साँझ बस स्टेण्ड पुगेर विदाई गरेका छन् ।