• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बालविवाह र दहेज प्रथालाई उन्मूलन गर्ने सामुहिक प्रतिवद्धता

बालविवाह र दहेज प्रथालाई उन्मूलन गर्ने सामुहिक प्रतिवद्धता

राजविराज,३० फाल्गुन । बालविवाह र दहेज प्रथालाई जरैदेखि उन्मुलन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले सामुहिक रुपमा प्रतिवद्धता व्यक्त गरेका छन् ।
राजविराज स्थित रङ्गशलामा नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा सक्षम बालिका समृद्ध नेपाल नाराका साथ “नेपाल बालिका सम्मेलन २०७२“ बालबालिका का विषयमा अन्तरपुस्ता सम्वाद कार्यक्रमका सहभागीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । बाल विवाह र दाइजो प्रथा उन्मुलनका सदभावना दुत डा.सि.के.सिंह (चम्पक कुमार सिंह)ले एकजुट भएर अभियानमा सघाउन आग्रह गरेका छन् । IMG_5796
नेपाल सरकारद्धारा सन २०३० सम्ममा बाल विवाह तथा दहेज प्रथालाई उन्मुलन गर्ने लक्ष्य राखिएको छ । भोर नामक संस्थाका अध्यक्ष राज कुमार महतोको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जनक कोईराला, डिएसपी दान बहादुर कार्की, पत्रकार वैद्यनाथ झा, महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ, अधिकारकर्मी मनोहर पोखरेल, भोरुकवा एफमएका हास्य कलाकार जिवछ दासले छोरा र छोरीमाथि भेदभाव नगरी दहेज प्रथा बालविवाहलाई रोक्न आग्रह गर्दै सहभागिहरुलाई विभिन्न पशुपंक्षीको आवाज सुनाएका थिए । c
कान्तिपुर रेडियोकर्मी समेत रहेकी साहित्यकार रुपा झाद्धारा सञ्चालित कार्यक्रममा पत्रकार श्याम सुन्दर शशीले बालविवाह तथा दहेज प्रथा उन्मुलनको विषयमा बिचार व्यक्त गरे । कार्यक्रममा शिव इन्टरनेशनल ईङ्गलिस बोर्डिङ्ग स्कुलका छात्रछात्राहरुद्धारा सांँस्कृतिक नाच–गान प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा स्थानीय कलाकार सोनु कुमार मण्डलले गीत प्रस्तुत गरेb संस्थाले मधेशका १५ वटा जिल्लाहरुमा बाल विवाह तथा दहेज प्रथा उन्मुलन सम्बन्धि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दैआएको छ ।