राजविराज, ३० फागुन । विगतका आन्दोलनको समिक्षा गर्दै आन्दोलन सशक्त बनाउन मधेशी मोर्चा सप्तरीको बृहत छलफल राजविराजमा आइतवार सम्पन्न भएको छ ।
मोर्चाको बृहत बैठकले आन्दोलनलाई बृहत बनाउनकालागि क्षेत्रीय भेलाहरु गर्ने निर्णय गरेको छ । आगामी चैत्र २ गते ३ नम्वर, ३ गते ५ नम्वर, ४ गते ४ नम्वर क्षेत्रीय भेला, ५ गते २ नम्वर, ७ गते सदरमुकाममां संविधानमा हस्ताक्षर गर्ने सांसदहरुको होलीका दहन गर्ने निर्णय भएको बैठकमा सहभागी विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले जानकारी दिए । उनका अनुसार चैत्र ८ गते नगर भेला, १२ गते ६ नम्वर र १३ गते १ नंबर क्षेत्रीय भेला गर्ने निर्णय भएको छ ।
मोर्चा सप्तरीका संयोजक गजेन्द्र कुमार मण्डलको अध्यक्षतामा सम्पन्न बैठकमा संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य चितनारायण यादव, सुर्यनाथ यादव, शम्भु झा, सदभावना पार्टी केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, जिल्ला अध्यक्ष सुनिल कुमार झा, तराई मधेश लोकतान्त्रिक पार्टीका जिला अध्यक्ष रामप्रित यादव, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, मोर्चाका उमेश कुमार साह, फोरमका जिल्ला सदस्य केदार यादव, सद्भावनाका नगर संयोजक अमरकान्त झा, पुर्व संयोजक युवा विद्यार्थी संयोजक तारकेश्वर यादव, महिला मञ्च केन्द्रीय संयुक्त महासचिव पूनम यादव, महिला फोरमका जिल्ला सदस्य रमिला साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।