वीरगञ्ज, २९ फागुन । जारी मधेस आन्दोलनका गम्भिर घाइते मन्सी पटेललाई बिभिन्न व्यक्ति तथा संघ–संस्थाहरुले आर्थिक सहयोग गरेका छन् ।
नारायणी उप–क्षेत्रिय अस्पतालमै पुगेर मन्सीलाई वीरगञ्ज आर्दशनगर निवासी बिकास सर्राफ ५ हजार एक सय , मिनाबजार निवासी सन्तोष सर्राफ २ हजार एक सय, मधेसी युवा समाजका केन्द्रीय अध्यक्ष अशोक यादव १ हजार एक सय, आदर्शनगर निवासी बिक्की सर्राफ १ हजार एक सय सहयोग गरेको बगही निवासी गेनालाल पटेलले बताए ।
यसैगरी श्री ब्रम्ह्स्थान नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय लहावथकरी सात सय, हरीराज प्राथमिक बिद्यालय खेस्राहा ६ सय, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय धोबिया टोलले पाँस सय सहयोग गरेको विद्यालय प्राधानाध्यापक अशोक कुमारले बताए । पर्साको बगही निवासी मन्सीलाई नेपालको संबिधान २०७२ घोषना गरेको दिन अर्थात असोज ३ गते प्रहरी र प्रर्दशनकारी बिच झडप हुँदा वीरगञ्ज गीता मन्दिर रोडमा गोली लागेको थियो । सोही दिनदेखि गम्भिर घाइते भएका पटेलको काठमाडौंमा उपचार गराई हाल वीरगञ्जको नारायणीमा उपचार गराइरहेका छन् ।
आर्थिक अभावका कारण काठमाडौंबाट उनलाई वीरगञ्ज पठाइएको परिवारीक श्रोतले जनाएको छ । पटेललाई पुर्णरुपमा निको हुन भारतको दिल्ली लैजान नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सकहरुले बताएका छन् । मन्सीको आफनो एकधुर जग्गा समेत नरहेको र अरुको जग्गामा सुकुम्बासी जिवन बिताउदै आएका छन् ।