• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा ईन्धन वितरण सहज वनाउन संयुक्त पहल

सप्तरीमा ईन्धन वितरण सहज वनाउन संयुक्त पहल

राजविराज, २७ फागुन । लामो समयदेखि सप्तरीमा पेट्रोलियम पदार्थको आपूर्ति र वितरणमा समस्या कायमै रहेपछि स्थानिय प्रशासनको पहलमा विहिवार भएको संयुक्त बैठकले आपूर्ति र वितरणमा सहजता ल्याउन विभिन्न निर्णयहरु गरेको छ ।

पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध नभएको र कालोबजारी मौलाएको भन्दै विभिन्न क्षेत्रबाट गुनासो आउन थालिएपछि पेट्रोलियम पदार्थ विक्रि वितरणलाई नियमित गर्न वातावरण बनाउन उद्देश्यले बैठकको आयोजना गरिएको थियो ।
वैठकको निर्णय अनुसार जिल्लाभरीका पेट्रोल पम्पहरुलाई दिनको ११ वजेभन्दा अघि र साँझ ४ वजेभन्दा पछि डिजल÷पेट्रोल विक्रि वितरणमा रोक लगाईएको छ । कुनै कारणवस तोकिएको समय भन्दा अन्य समयमा पेट्रोल डिजल विक्रि गर्नु परे प्रहरीलाई सुचना गरी उनीहरुको उपस्थितीमा मात्र वितरण गर्न पाउने निर्णय भएको वैठकका एक सहभागिले वताए ।
यसैगरी सम्पुर्ण पेट्रोल पम्प (विशेष गरी राजमार्ग केन्द्रित) ले सप्तरी जिल्ला वाहिरवाट संचालन हुने सवारी साधनलाई ईन्धन उपलब्ध नगराउने निर्णय समेत गरिएको उनले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त सिडिओ प्रेमप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न वैठकमा सगरमाथा पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हरेकृष्ण प्रसाद सिंह,महासचिव वलराम दास, मधेशी मोर्चाका संयोजक गजेन्द्र मण्डल, नेपाल प्रहरीका एसपी भिमप्रसाद ढकाल, सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय सप्तरीका एसपी दमन