• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सडक दुर्घटनामा परि एकजनाको मृत्यु, पाँच जना घाइते

सडक दुर्घटनामा परि एकजनाको मृत्यु, पाँच जना घाइते

राजविराज, २७ फाल्गुन । राजविराज–भारदह सडकखण्ड अन्तर्गत सप्तरीको जोगिनियामा विहिवार दिउँसो सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । अन्य पाँचजना यात्रु घाइते भएका छन् ।
सुनसरीको इनरुवाबाट तरकारी बोकेर राजविराजतर्फ आउँदै गरेको को१च ७७०५ नम्बरको पिक अप भ्यान अनियन्त्रित भई दुर्घटना हुदाbहनुमाननगर जोगनीमाई नगरपालिका–१ बस्ने ४५ वर्षीय रामेश्वर साहको दुर्घटना स्थलमा मृत्यु भएको हो । सो दुर्घटनामा परि पिक अप भ्यानमा सवार हनुमाननगर जोगनीमाई नगरपालिका–७ का सुरेन्द्र दास, गुणजन मेहता, नारायण दास र पप्पु दास तथा भ्यानका चालक मोरङ थल्हा गाविसका मनोज राम घाइते भएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक बाबा तामाङले जानकारी दिएका छन् ।
दुर्घटनामा परि घाइते भएका पाँचौजनाको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।