• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रधानमन्त्री ओली थियेटरको कलाकार जस्तैः अध्यक्ष ठाकुर

प्रधानमन्त्री ओली थियेटरको कलाकार जस्तैः अध्यक्ष ठाकुर

वीरगञ्ज, २२ फागुन । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुरले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली थियेटरको कलाकार जस्तै भएको बताएका छन् ।
ड्राइपोर्ट बहुअरी चौकमा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले ओलीलाई यस्तो संज्ञा दिएका हुन् । सरकार र प्रमुख दल मोर्चाको माँग एवं जारी आन्दोलन प्रति जिम्मेवार नभएको बताउँदै उनले भने ‘ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली रुप फेर्ने थियेटरको कलाकार जस्तै हो ।’
जारी मधेस आन्दोलनका सहीद एवं आन्दोलनका घाइतेहरुको कुर्वानी खेर नजाने बताउदै सरकार र प्रमुख दलहरुले यसको हिसाबकिताब चुकाउनुपर्ने बताए । ड्राइपोर्ट बहुअरी चौकमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई तमलोपा अध्यक्ष ठाकुर र सह अध्यक्ष त्रिपाठी सहित सभासद एवं केन्द्रीय सदस्य रमेश कुर्मी, केन्द्रीय सदस्यद्वय जितेन्द्र सिंह, जनार्दन यादव, महिला नेतृ पिंकी यादव, रेखा साह, रेखा कर्ण, उषा श्रीवास्तवसहित नव प्रवेशी अगुवा नेताहरुले सम्बोधन गरे ।
तमलोपा पर्साका अध्यक्ष एवं केन्द्रीय सदस्य पुरुषोत्तम झाको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ५ सय भन्दा बढी तमलोपा प्रवेश गरेका छन् । राप्रपा पर्साका अध्यक्ष लक्ष्मीकान्त तिवारी, गाविस प्रसौनी भाठाका पुर्व अध्यक्ष सुरेन्द्र कलवार, गाबिस सुगौलीका पुर्व अध्यक्ष जयराम पटेलसहित पाटी परित्याग गरी तमलोपा प्रवेश गरेका नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष महन्थ ठाकुर र सह अध्यक्ष हृदेश त्रिपाठीले फुलमाला टिका लगाएर स्वागत गरे ।
कार्यक्रमको सहजीकरण तमलोपा पर्साको सचिव चन्दन मिश्रा र स्वागत मन्तव्य तमलोपा उपाध्यक्ष जटाशंकर गुप्ताले गरे । 7