• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सम्बन्ध सुधार्दै प्रहरीः सप्तरीमा शुरु भयो प्रहरी नागरिक मैत्री अभियान

सम्बन्ध सुधार्दै प्रहरीः सप्तरीमा शुरु भयो प्रहरी नागरिक मैत्री अभियान

राजविराज, २० फागुन । विगत ६ महिनायताको लामो मधेश आन्दोलनमा खट्दै आएका  प्रहरीहरु यतिबेला रचनात्मक एवम् सामाजिक विकृति विरुद्धको अभियानमा जुटेका छन् ।
आन्दोलनका क्रममा प्रहरी नागरिक बीचको चिसिँदै गएको सम्बन्धलाई सुमधुर बनाउनकालागि सप्तरी प्रहरीले तीन महिने प्रहरी र नागरिक मैत्री अभियान थालनी गरेको हो । राजविराज स्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित एक समारोहका बीच सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।2
जिल्ला स्थित राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, कानूनव्यवसायी, पत्रकार, शिक्षक, विद्यार्थी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सामुदायिक प्रहरी, बालक्लवसमेतको सहभागितामा थालिएको छ । अभियान अन्तर्गत लागु औषध दुब्र्यसन, महिला हिंसा, ट्राफिक नियम उल्लंघन, चोरी, तस्करी, यौनजन्य हिंसा, बालविवाह, दाइजो प्रथालगायतका विकृति विसङ्गती विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।6
आन्दोलनका क्रममा जिल्लामा रहेका सुरक्षाकर्मीहरु आन्दोलन नियन्त्रणमा केन्द्रित रहेको मौकामा अपराधिक क्रियाकलाप मौलाउँदै गएकोले प्रहरी नागरिक मैत्री अभियान थालिएको सप्तरीका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले बताए । उनका अनुसार यो अभियान जिल्ला प्रहरी र मातहतका ईलाका प्रहरी र प्रहरी चौकीहरुले समेत स्थानीय स्तरमा समन्वयन गरी विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिनेछ ।1
तीन महिने प्रहरी नागरिक मैत्री अभियान अन्तर्गत पहिलो दिन सर्वपक्षीय र्यालीको आयोजना गरियो । राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा पश्चात उक्त र्याली गजेन्द्र चौकमा पुगी टुङ्गिएको थियो । र्यालीका सहभागीहरुलाई नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले धन्यवाद दिँदै अभियानलाई सशक्त बनाएर टोल–टोलमा लैजानुपर्नेमा जोड दिए । 5
जिल्लाको शम्भुनाथ नगरपालिका–१० रामपुर जमुवा  स्थित सात विगहा जग्गा नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले निशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । करिब सात करोड रुपैयाँ मोल पर्ने उक्त जग्गामा लागु औषध दुब्यसनमा परेर असाधारण जीवन जीउन वाध्य युवा–युवतीलाई लक्षित गरी एक वर्षभित्र सप्तरीमा सुधार गृह निर्माण भईसक्ने सप्तरीका प्रहरी नायव उपरीक्षक दानवहादुर कार्कीले बताए ।4