राजविराज, १९ फागुन । विगत केही सातायता राजविराज नगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्ग र कर्मचारी बीचको विवाद वार्ताद्वारा समाधान हुने भएको छ ।
गुरुङ्गले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै राजविराज नगरपालिकामा देखिएको आन्तरिक समस्या वार्ताबाटै हुने जानकारी दिएका हुन् । नगरपालिका परिवार बीच कुनै मनमुटाव नरहेको दावी गर्दै प्रमुख एवम् कार्यकारी अधिकृतको हैसियतले विगत केही दिनदेखि चलिरहेको आरोप–प्रत्यारोप एकलौटी रुपमा फिर्ता लिएको जनाएका छन् । फागुन २१ गते ३ दिउँसो ३ बजे नगरपालिका व्यवस्थापन समिति तथा इकाई समिति नगरपालिका कर्मचारी एसोसिएसन बीच आपसी विवाद निरुपणार्थ वार्ता वार्ता हुने प्रमुख एवम् कार्यकारी अधिकृत गुरुङ्गद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।