लहान, १९ फागुन । स्वतन्त्र मधेश गठबन्धन सिरहाका अभियन्ताहरुले सामाजिक कार्यहरुमा अग्रसरता देखाएका छन् ।
सिरहाको विष्णुपुरकट्टी वडा नम्वर– १ भर्लैनीमा गत फागुन ९ भएको भीषण आगलागीमा परेका अग्नीपीडितहरुलाई सहयोग गर्न गठबन्धनका अभियन्ताहरुले सक्रियता देखाएका हुन् । अग्निपीडितहरुलाई झुल, साबुनलगायतका सामाग्रीहरु वितरण गरिएको छ । अग्निपीडितहरुको बस्तीमा सरसफाईका साथै पुर्नस्थापन कार्यमा सहयोग गरिरहेको सिरहा गठबन्धनले जनाएको छ ।
भीषण आगलागीमा परी सर्वस्व गुमाएका अग्नि पीडितहरुमा आँखा सम्बन्धी समस्या देखिएकोले आँखा जाँच शिविर सञ्चालन गरिएको छ । शिविरमा अग्नीपीडितहरुको उल्लेख्य सहभागिता रहेको थियो । गठबन्धनले अग्नी पीडितहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकोले अग्नी पीडितहरुले खुशी व्यक्त गरेका छन् ।