राजविराज, १८ फागुन । सप्तरीको बकधुवा–९ स्थित रिजन होटलबाट प्रहरीले कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । 
बेल्ही चपेना–६ का २६ बर्षिय पाण्डव कुमार मण्डललाई बसिरहेको अवस्थामा कटुवा पेस्तोलसहित चार राउण्ड गोलीसहित पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनको साथबाट कटुवा पेस्तोल एक थान र सोहि पेस्तोलको ४ राउण्ड गोली फेला पारेको जिल्ला प्रहरीले जनाएको छ । पक्राउ परेका मण्डललाई हतियारसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् ।