• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
हरुवा–चरुवा सम्वन्धि सडक नाटक प्रदर्शन

राजविराज, १८ फागुन । जेनेभा ग्लोवलको सहयोगमा तथा परिवर्तन नेपाल काठमाण्डौको आयोजनामा सप्तरीका विभिन्न गाविसमा हरुवा–चरुवा सम्वन्धि सडक नाटक आयोजना गरियो ।
जिल्लाको को.बरसाईन, कोईलाडी, ठेलीया, धरमपुर, कल्याणपुर र मधुपटी गाविसमा हरूवाचरुवाको हक अधिकार तथा मुक्ति सम्बन्धि जनचेतनामुलक  सडक नाटक प्रदर्शन गरिएको हो । उक्त नाटकमा मोहन निरौला, उज्वल अधिकरी, आदर्श घिमिरे, सविन कटुवाल, राजेन्द्र बराल, राजेश बुढाथोकी, सलिना बानियाँ, संगीता राना र पार्थो सरकारले अभिनय गरेका छन् । उक्त सडक नाटकको समन्वय हुर्क नेपालले गरेको थियो ।1 (1)