वीरगञ्ज, १८ फागुन । सिमावर्ती सहर रक्सौलमा मङ्गलवार एक कार्यक्रमको बीच कपडा बैंकको उद्घाटन गरिएको छ ।
ईण्डो नेपाल चेम्बर अफ कर्मश एवं आर्य समाज रक्सौलको संयुक्त पहलमा सुरु गरिएको बैंकको अनुमण्डल पदाधिकारी प्रकास र एस.एस.बि.का डिएसपी राकेश कुमारले संयुक्त रुपमा उदघाटन गरेका हुन् । भारत बिहार राज्यको रक्सौलमा स्थापित सो बैंकले स्थानिय व्यापारी र समाजसेवीहरुबाट नयाँ तथा पुराना कपडा संकलन गरी हरेक मंगलबार निशुल्क कपडा बितरण गर्ने लक्ष्य लिएको इन्डो नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजकुमार गुप्ताले बताए ।
उद्घाटन समारोहमा ईण्डो नेपालका सचिव हरिओम सर्राफ,कृष्णा प्रसाद, सदभावना पार्टीका केन्द्रीय सहमहामन्त्री अधिवक्ता सुरेन्द्र कुर्मी, केन्द्रीय सदस्य निजामुदिन समानी, पुर्वराज्यमन्त्री करिमा वेगम, ईन्डो नेपाल चेम्बर अफ कर्मशका नेपाल प्रमुख मुकेश सरावगी, उपाध्यक्ष सञ्जय रौनियार, नेपाल सदभावाना पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध सिंह, महिला मञ्चका उपाध्यक्ष मुनी श्रीवास्तव, पर्सा जिल्ला सह–कोषाध्यक्ष भरत सर्राफ, महिला नेतृद्वय उषा श्रीवास्तव, अनिता यादव, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतको सहभागिता रहेको थियो । 