• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेपाल सदभावना पार्टीको केन्द्रीय महाधिवेशन चैतमा

राकेश साह
वीरगञ्ज, ११ फागुन । नेपाल सदभावना पार्टीको छैठौं राष्ट्रिय महाधिवेशन चैत २६–२८ गते जनकपुरधाममा हुने निश्चित भएको छ ।
पार्टीको  जनकपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका महासचिव शिव पटेलले बताए । दश महिना अघि अनिल कुमार झाको नेतृत्वमा रहेको संघीय सदभावना पार्टी र सरीता गिरीले नेतृत्व गरेको नेपाल सदभावना पार्टी बीच एकीकरण भई बनेको नेपाल सदभावना पार्टीले एक बर्ष भित्र एकता महाधिवेसन गर्ने गरेको सहमती अनुसार जारी मधेस आन्दोलनसँगै पार्टीको पनि महाधिवेसन गर्नुपर्ने भएकोले चैत्रमा महाधिवेसन हुन गइरहेको उनले बताए ।
महाधिवेसनका लागि देशभरीमा करिब ९ हजार पार्टीको सक्रिय सदस्यता नविकरण भईसकेको र अब महाधिवेसनमा भाग लिने प्रतिनिधीहरुको अन्तिम नामावलीका लागि  पार्टी भित्रको आन्तरिक निर्वाचन गर्ने तयारी शुरु भइसकेको जनाईएको छ । वडा, गाउँ, क्षेत्र र जिल्लामा हुने तल्लो तहका अधिवेशनमार्फत कुल ९ सक्रिय सदस्य मध्ये १ जना प्रनिनिधिको रुपमा महाधिवेशनमा सहभागिता जनाउने छन् । कार्यसम्पादन समितिले मधेस आन्दोलनको समिक्षा र भावी रणनीतिका बारेमा समेत छलफल गरेको छ ।