• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अनुहार सुन्दर बनाउने घरेलु उपाय

जो कोहीलाई सुन्दर बन्ने चाहना हुनु स्वाभाविक हो । सुन्दर देखिनका लागि लाखौं रुपैयाँ खर्च गर्दा पनि कुनै परिवर्तन नआउँदा धेरै पुरुष तथा महिलाहरु चिन्तित बनेका हुन्छन् । सुन्दरताकालागि बजारमा उपलब्ध थरीथरीका क्रिम तथा जेलहरु पाइने गर्दछ । ती क्रिमहरुको अनावश्यक प्रयोगले गर्दा कतिपय व्यक्ति त झन् कुरुप बनेका घटनाहरु पनि हाम्रो समाजमा सुनिने गर्दछौं ।
अनावश्यक रुपमा पैसा खर्चिनु भन्दा पनि हामीले खानपानमा मात्र ध्यान दिए अनुहार सफा र चम्कीलो बनाउन सकिन्छ । सुन्दर र चम्किलो देखिन फेसियलको आवश्यकता पर्दैन । हामीकहाँ सहज रुपमा उपलब्ध हुने यी खानेकुराहरुको विषयमा जान्नु आवश्यक छ ।
आलुको प्रयोगः तपाईको अनुहार अर्थात आँखा मुनि कालो घेरो अर्थात डार्क सर्कल छ भने सधैभरि आलुको सानो टुक्रा लिएर बिस्तारै मसाज गर्नुस । केहि दिनमै कालो हराउँदै जानेछन् ।
गाँजरः गाँजर हाम्रो स्वस्थ्यको लागि निक्कै नै उपयोगी हुन्छ।  यसले हामीले खएको खाना पचाउने काम गर्दछ ।  त्यसैले बिहान सधै खाली पेटमा गाँजरको जुस खाने गर्नाले अनुहारमा निखार आउँछ ।
निमः निमले हाम्रो अनुहारको छालामा लाग्ने रोगसंग लड्ने क्षमता बढाउँदछ। निम डण्डिफोरका लागि निकै नै उपयोगी छ। ४–५ वटा निमको पातलाई मुल्तानी माटोमा मिसाएर  पिस्ने अनि थोरै पनि हालेर लेप बनाउने र अनुहारमा लगाउने गर्नुस् ।  १०–१५ मिनटमा चिसो पानीले धुने, यसो गर्दा अनुहारमा चमक आउनुको साथै अनुहारमा भएको दाग धब्बा पनि बिस्तारै हटेर जानेछन् ।Capture
ओखरको तेलः हाम्रो अनुहार राम्रो हुनुमा खानेकुराको पनि मुख्य भुमिका हुन्छ ।  ओखरमा ओमेगा ३ पाईने हुँदा ओखर खानाले अथवा ओखरको तेलले अनुहार मसाज गर्दा पनि अनुहारमा कान्ती आउँछ ।
बेसन र बेसारको पेष्टः दुई सानो चम्चा बेसनमा आधा चम्चा बेसार र १०–१० थोपा गुलाबजल र कागती मिसाएर पेष्ट बनाउनुस अनि थोरै काचो दुध मिसाएर लेप बनाएर नुहाउनु भन्दा पहिला अनुहारमा लगाउनुहोस् । आधा घण्टापछि अनुहार धुनुहोस् र बिस्तारै नरम रुमालले पुछ्नुहोस् । तपाईको चेहरामा चमक आउनेछ ।