• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कांग्रेस सप्तरीको सभापतिमा पुनः दिनेश, प्रजातान्त्रिक समूहको वर्चस्व

कांग्रेस सप्तरीको सभापतिमा पुनः दिनेश, प्रजातान्त्रिक समूहको वर्चस्व

राजविराज, ११ फागुन । नेपाली काँग्रेस सप्तरीको सभापतिमा पुनः दिनेशकुमार यादव निर्वाचित भएका भएका छन् ।
प्रजातान्त्रिक समूहबाट सभापतिसहित बहुमत सदस्य विजयी भएका हुन् । सभापति यादवले ६ सय ११ मत प्राप्त गरी दोस्रो पटक विजयी भएका छन् । संस्थापन पक्षबाट सभापति पदका प्रत्यासी रामदेव साहले ५ सय ७ मत प्राप्त गरेका छन् ।
संस्थापन पक्षबाट रामकुमार यादवले ५ सय ६३ मत प्राप्त गरी विजयी भएका छन् भने प्रजातान्त्रिकका राधाकान्त देव ५ सय ४९ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेस सप्तरीको कोषाध्यक्षमा संस्थापन पक्षकै शिवनारायण चौधरीले ५ सय ७२ मत प्राप्त गरी विजयी भएका छन् । प्रजातान्त्रिकका दिनेशकुमार चौधरी ५ सय ३८ मत प्राप्त गरेका छन् ।2
सभापति, कोषाध्यक्ष र सचिव समेत गरी कुल ३३ सदस्यीय कार्यसमितिमा प्रजातान्त्रिक समूहबाट १८ जना र संस्थापन पक्षबाट १२ जना सदस्य निर्वाचित भएका छन् । यसैगरी महासमिति सदस्यमा पूर्व राजदुत डा. सुरेश चालिसे पराजित भए भने केन्द्रीय नेता डा. अनिल झा एक मतले विजयी भएका छन् ।
कुल १ हजार १ सय ८२ मतदाता रहेको निर्वाचनमा १ हजार १ सय ६२ मत खसेको थियो । प्राप्त जानकारी अनुसार क्षेत्र नम्वर १ मा १ सय ८९ मतदाता रहेकोमा १ सय ८४ जनाले मतदान गरेका थिए । DSC08856
क्षेत्र नम्वर–२ मा २ सय ६ मतदातामध्ये २ सय ४, क्षेत्र नम्वर ३ मा २ सय ९ मध्ये २ सय ५ जनाले मतदान गरेका थिए । यसैगरी क्षेत्र ४ मा १ सय ८८ मतदाता रहेकोमा शत प्रतिशत मतदान भएको छ भने क्षेत्र नम्वर– ६ मा २ सय २५ मतदाता मध्ये २ सय १९ जनाले मतदान गरेका थिए ।
नेपाली कांग्रेस सप्तरीको सभापतिमा दोस्रो पटक निर्वाचित भएका यादवले गत विगतका कमी कमजोरीहरुबाट पाठ सिक्दै पार्टी सुदृढीकरण गर्नकालागि प्रयासरत रहने बताए । सङ्गठनलाई मजबुत सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै सबैको भावनालाई उच्च सम्मान गर्ने प्रतिक्रिया उनले दिए ।