• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको लोहजरामा सन्त गुरु रबि दास स्मारकको शिलान्यास

सप्तरीको लोहजरामा सन्त गुरु रबि दास स्मारकको शिलान्यास

बृजमान तामाङ
बिरेन्द्र बजार १० फागुन । पुर्ब सिंचाई राज्यमन्त्री एवम् सांसद रमणी रामले सोमबार सप्तरीको लोहजरामा सन्त गुरु रबि दासको स्मारक शिलान्यास गरेकी छिन् ।
सन्त गुरु रबि दास फाउण्डेशन नेपालद्वारा सन्त गुरु रबि दास महाराजजीको ६३९ औं जन्म जयन्तीको अबसरमा आयोजित एक समारोहको बिच पुर्ब राज्यमन्त्री रामले स्मारक शिलान्यास गरेकी हुन् । सन्त गुरु रबि दास महाराजजी राम परिवारमा जन्मेर जातिय भेदभाव, छुवाछुत बिरुद्ध आवाज उठाउन साहस गर्ने पहिलो ब्यक्ति भएकै कारण जातिय भेदभाब र छुवाछुतरहित समाजको परिकल्पना गर्न पाएको बताउदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी साँसद एबं पुर्बराज्यमन्त्री रामले बताइन् । स्मारक सम्पन्न नभएसम्म संसद बिकास कोषबाट ३ लाख ५० हजार तथा आफ्नो पारिश्रमिकबाट ५० हजार बजेट प्रत्येक बर्ष दिने घोषणा गरिन् ।
स्थानिय समाजसेबी बालेश्वर रामको अध्यक्षतामा भएको कार्यक्रममा सन्त गुरु रबि दास फाउण्डेशन नेपालका अध्यक्ष भोला राम, डा सहदेब राम, देब नारायण राम, दुखी राम लगायतका बक्ताहरुले सन्त गुरु रबि दास बिश्वकै एक आदर्श पुरुष रहेको बताए । पत्रकार राधेश्याम रामद्धारा सञ्चालित कार्यक्रममा स्वागत प्रधानाध्यापक शुभ नारायण यादबले गरेका थिए ।
समारोहमा पुर्ब राज्यमन्त्री रामले सप्तरीका बिभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मी तथा सामाजिक क्षेत्रमा योगदान दिएका २ दर्जन भन्दा बढीलाई दोसला र प्रशंसा–पत्रद्धारा सम्मान गरिन् । स्मारक शिलान्यास गर्नु पुर्ब झाँकीसहितको सयौंको सङ्ख्यामा कलश यात्रा निकालिएको थियो ।20160222_115803