• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपाली कांग्रेस सप्तरीको सभापतिमा दुई जना बीच प्रतिष्पर्धा

नेपाली कांग्रेस सप्तरीको सभापतिमा दुई जना बीच प्रतिष्पर्धा

राजविराज, १० फागुन ।नेपाली काँग्रेस सप्तरीको महाधिवेशन राजविराजस्थित केशो अनिरुद्धवति माध्यमिक विद्यालयमा आइतवार सम्पन्न हुन लागेको छ ।
जिल्ला कार्य समितिको पदाधिकारी चयन मतदान प्रक्रियाबाट हुने भएको हो । वर्तमान सभापति दिनेश कुमार यादव दोश्रो कार्यकालका लागि पुनः सभापतिमा उम्मेदबारी दिएका छन् । उनकै प्यानलबाट सचिवमा राधाकान्त देव र कोषाध्यक्षमा दिनेश चौधरीको उम्मेदवारी परेको छ ।
यसैगरी सभापति पदमा रामदेव साह समेत प्रतिष्पर्धामा उत्रेका छन् । उनको प्यानलबाट सचिवमा रामकुमार यादव र कोषाध्यक्षमा शिव नारायण चौधरी प्रतिष्पर्धामा परेका छन् । नेपाली काँग्रेस सप्तरीको ३३ सदस्यीय कार्य समितिका लागि हुन लागेको निर्वाचनमा ६४ जनाको उम्मेदबारी परेको छ । महासमिति सदस्यकालागि ४० जनाले उम्मेदबारी दिएका छन् । कार्यसमिति चयन गर्नकालागि निर्वाचनमा प्रक्रिया १ हजार ६८ जनाले मतदान गर्न पाउनेछन् ।