• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

भारतमा मधेशी विद्यार्थी पक्राउ विरुद्ध राजविराजमा प्रदर्शन

भारतमा मधेशी विद्यार्थी पक्राउ विरुद्ध राजविराजमा प्रदर्शन

राजविराज, ८ फागुन । नेपालका मधेशी विद्यार्थीहरुलाई भारतको दिल्लीमा पक्राउ गरेको विरोधमा शनिवार राजविराजमा मधेशी मोर्चा सप्तरीले प्रदर्शन गरेको छ ।
मोर्चाका नेता तथा कार्यकर्ताहरुले भारत सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले चर्का नाराबाजी गर्दै राजविराज स्थित गजेन्द्र चौकमा टायर बालेर अबेर रातीसम्म विरोध जनाएका छन् । पक्राउ गरिएका विद्यार्थीहरुलाई अविलम्ब रिहा नगरिए सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले बालेको टायरकोo आगो निभाउने प्रयास गरेका थिए । सोही क्रममा प्रदर्शनकारी र प्रहरी बीच सामान्य झडप समेत भएको थियो ।
भारतको ६ दिने भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्ली स्थित इन्दिरा गाँधी विमानस्थलबाट जाने क्रममा मधेशी विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । प्रजातन्त्र दिवसकै दिन भारत भ्रमणमा गएका प्रधानमन्त्रीलाई दिल्ली पुग्ना साथ कालो झण्डा देखाउनु साथै दिल्ली स्थित नेपाली दुतावासले आयोजना गरेको शुभकामना कार्यक्रममा सम्बोधन गर्न जाँदा समेत प्रधानमन्त्रीलाई दुतावासकै अगाडि मधेसी विद्यार्थीहरुले कालो झण्डा देखाई कडा विरोध गरेका थिए ।
पक्राउ पर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवम् संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका प्रसाद यादवका छोरा सूर्य्किरण यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाको छोरा उज्जवल झासहित  विकास मिश्रा, सञ्जय यादव, प्रवीण कर्ण, अभिषेक मिश्रालगायतका रहेका छन् । ll