• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मैथिली साहित्य परिषद्द्वारा साहित्यिक गोष्ठि

मैथिली साहित्य परिषद्द्वारा साहित्यिक गोष्ठि

राजविराज, ८ फागुन । मैथिली साहित्य परिषद् राजविराजले दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार साहित्यिक गोष्ठिको आयोजना गरेको छ ।
मैथिली भवनमा आयोजित साहित्यिक गोष्ठिमा मैथिली भाषाका महाकवि विद्यापतिको साहित्यिक योगदानबारे चर्चा गरेका छन् । अवकाशप्राप्त शिक्षक एवम् मैथिलीकर्मी बद्रीनाथ शरणको प्रमुख आतिथ्य तथा परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित साहित्यिक गोष्ठिमा परिषद्का उपाध्याक्ष सतिश कुमार दत्त, सचिव श्यामसुन्दर यादव, सदस्यहरु अजय कुमार झा, हितनारायणलाल दास, कवि सत्येन्द्रनाथ चौधरी, मैथिल महिला परिषद्की कोषाध्यक्ष पिंकी झालगायतले साहित्यिक रचना वाचन गरेका छन् । b
परिषद्ले फागुन ९ गते राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयबाट झाँकी प्रदर्शन गर्दै मैथिली भवनमा अन्तरक्रिया तथा श्रद्धाञ्जलीसभाको आयोजना गरिने जनाईएको छ । सोही अवसरमा शिवदत्त मिश्र स्मृति मैथिली पुरस्कार, विजयेन्द्र–विनोद मैथिली कला संस्कृति पुरस्कार समर्पण तथा सम्मान एवम् आजिवन सदस्यता प्रमाण–पत्र वितरण गरिने कार्यक्रम रहेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त कार्यक्रमहरुमा सहभागिताकालागि आजीवन सदस्य, मैथिली अनुरागी, बुद्धिजीवी, सञ्चारकर्मीसहित सर्वसाधारणसँग परिषद्ले आग्रह गरेको छ ।