• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जेसीजद्वारा समृद्ध राष्ट्र निर्माण बिषयमा खुल्ला सभा आयोजना गरिने

जेसीजद्वारा समृद्ध राष्ट्र निर्माण बिषयमा खुल्ला सभा आयोजना गरिने

वीरगञ्ज, २१ माघ । नेपाल जेसीजले वीरगञ्जमा समृद्ध राष्ट्र निर्माणकालागि संवाद एवं सहकार्य बिषयमा सभा गर्ने भएको छ ।
वीरगञ्ज जेसीसको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत नेपाल जेसिसका पुर्व केन्द्रीय अध्यक्ष प्रो. डा. दिपक शाक्यले बताए । २०७२ असोज ३ गते नेपालको नयाँ  संबिधान घोषणा पश्चात तराई मधेसमा अधिकार र पहिचानको लागि भइरहेको आन्दोलनलाई मध्य नजर गर्दै नेपाल र नेपाली बीच बर्षो बर्षदेखि रहेको मेलमिलाप र सहकार्यलाई निरन्तरता दिनका लागि सो कार्यक्रम आयोजना गरिएको उनले बताए  ।
शाक्यले मधेसको बिकास भए मात्र नेपालको बिकास सम्भव रहेको बताएका थिए । मधेसमा भईरहको आन्दोलन अधिकार , पहिचान र स्वभिमानको आन्दोलन भएको बताउदै कुनै जाति, धर्म र समुदायको बिरोधमा आन्दोलन नभएको प्रष्ट पारे । ठुला दलका नेताहरुको तुक्ष बोलीका कारण वर्तमान परिस्थिती सृजना भएको बताउदै देशमा राजनितीक स्थिरता नभए सम्म अन्य शक्तिहरुले चलखेल गर्ने मौका पाउँछन् ।
नेपाल जेसिसले मधेसको मुख्य शहरहरु धनगढी,नेपालगंज,भैरहवा,मलंगवा, जनकपुर, लहान, राजबिराज, बिराटनगर र वीरगंजमा समृद्ध राष्ट्र निर्माणका लागि संवाद एवं सहकार्य सभा गर्ने लक्ष्य लिएको  र जस अन्र्तग माघ २० गते धनगढी र नेपालगंज, २१ गते भैरहवा ,२२ गते वीरगञ्ज र मलंगवा, २३ गते जनकपुर, लहान र राजविराज तथा २४ गते बिराटनगरमा कार्यक्रमको  समापन हुने वीरगंज जेसीसका अध्यक्ष जेसी राजेश पटेलले बताए ।
पत्रकार सम्मेलनमा वीरगंज जेसीसका पुर्व अध्यक्षहरु प्रबिण मानन्धर, निशान्त लामिछाने, संतोष खनाल, अशोक गुप्ता, सल्लाहकार मनिष श्रेष्ठ, महासचिव शेखर चौधरी, कोषाध्यक्ष रबिन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । नेपाल जेसीस केन्द्रिय कार्यालयको आयोजना एवं वीरगंज जेसीसको सहकार्यमा माघ २२ गते शुक्रबार गहवामाई मन्दिर अगाडी हुने कार्यक्रममा मधेसवादी दलका प्रभावशाली नेता एवं जेसीसका विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।