• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दुई फरार अभियुक्त गिरफ्तार

सिरहा, १४ माघ । सिरहा प्रहरीले दुई  जना फरार अभियुक्तलाई पक्राउ गरेका छन् ।
अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार अभियूक्तहरुको खोजतलास गर्ने अभियान अन्र्तगत बुधबार गोलबजार प्रहरीले तीन जनालाई पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले महनोर–३ का मुगाई मुखियाको छोरा ४६ बर्षीय शिबराम मुखिया र शिबराम मुखियाकी पत्नी ३६ बर्षीय मालती देवी भनिने मानती देवी मुखिया पक्राउ गरिएको छ ।
जिल्ला अदालतको सिरहाको मिति २०५३ माघ ३ गतेको फैसलाले जारी मुद्दामा १ महिना कैद तथा रु.१ हजार जरिवाना सजाय भई फरार रहेकाले उनीहरुलाई पक्राउ गरिएको छ । घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरि दुवै जनालाई आबश्यक कारवाहीको लागि अदालतमा बुझाईएको छ ।