राम नारायण पंडित
सिरहा, १४ माघ । सिरहा प्रहरीले ब्राउनसुगर बेचबिखनमा संलग्न तीन जनालाई पक्राउ गरेका छन् ।
गोप्य सुचनाका आधारमा ब्राउनसुगर बेचबिखनमा संलग्न तीन जनालाई बुधबार सिरहाको गोलबजारबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–६ का २२ वर्षिय गोरे भनिने बिमल छरापाने, सोही ठाउँका २० वर्षिय भक्ति राई र १९ वर्षिय सुजन थापा मगर रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले गोलबजारबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट सानो पुरिया बनाएको अवस्थामा एक ग्राम दश मिलिग्राम ब्राउनसुगर र नगद ५५ हजार ६ सय दश रूपैयाँ नगदसमेत बरामद भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।