• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शहीदहरुको स्मृतिमा राजविराज र बिराटनगरमा दीप प्रज्वलन

शहीदहरुको स्मृतिमा राजविराज र बिराटनगरमा दीप प्रज्वलन

राजविराज, १३ माघ । गत माघ–७ गते रंगेलीमा प्रहरीको गोलीबाट मृत्यू भएकाहरुको स्मृतिमा विहीबार राजविराज र विराटनगरमा दीप प्रज्वलन गरिएको छ ।
मधेसी मोर्चा सप्तरीका नेता तथा कार्यकर्ताहरुले राजविराज स्थित गजेन्द्र चौकमा मैनवती प्रज्वलन गरेका छन् । उक्त कार्यक्रममा मोर्चाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्थानीय रोडशेष चोकमा दीप प्रज्वलन गर्दै श्रद्धान्जली सभा आयोजना गरिएको हो । उक्त अवसरमा बोल्दै मधेसी मोर्चाका मोरङ संयोजक राजकुमार यादवले रंगेली घटनाको उच्चस्तरिय छानवीन गरेर दोषीलाई अविलम्ब कारवाही गर्नुपर्ने माग गरे ।
मधेशी नेता मृत्युञ्जय झाले सर्वसाधरणमाथि गोली प्रहार गरिनु निन्दनिय कार्य भएको बताए । कार्यक्रममा युवा फोरमका अनिल ठाकुर, सद्भावना पार्टीका केन्द्रीय सदस्य सत्यनारायण साहलगायतले रंगेली घटनामा मृत्यू भएकाहरुलाई सरकारले तत्काल शहीद घोषणा गरेर राहत उपलब्ध गराउनुपर्ने माग गरे ।