• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेशनल मेडिकल कलेजको निर्देशकमा डा.सर्राफ

वीरगञ्ज, १० माघ । वरिष्ठ फिजिसियन डा.प्रमोद कुमार सर्राफलाई नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जको व्यवस्थापनले शिक्षण अस्पतालको निर्देशक पदमा नियुक्त गरेको छ ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पताल व्यवस्थापन समितिको आइतवार सम्पन्न बैठकले फेमलि मेडिसिन, मृगौला रोग सम्बन्धी वरिष्ठ चिकित्सक प्राध्यापक डा. सर्राफलाई निर्देशकमा नियुक्त गरिएको कलेजका प्रवक्ता सेराज अहमदले बताए । डा. सर्राफ १० बर्षदेखि नेशनल मेडिकल कलेजमा आवद्ध भई प्राध्यापन तथा चिकित्सकको रुपमा सक्रिय रहदै आएका थिए । २०४५÷०४६ सालमा शिक्षण अस्पताल काठमाण्डौमा कार्यरत सर्राफ,२०४७ सालमा नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा आई ८ वर्ष सम्म सेवारत रहेका थिए ।