• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धर्मी हल्फा महिला विकास क्लवद्वारा कम्बल वितरण

धर्मी हल्फा महिला विकास क्लवद्वारा कम्बल वितरण

राजविराज, ८ माघ । हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोगमा धर्मी हल्फा महिला विकास क्लव लालापट्टीद्वारा सप्तरीको रायपुरका ८८ विपन्न परिवारलाई शुक्रवार कम्बल वितरण गरियो ।
रायपुरका विपन्न तथा दलित परिवारका ६६ महिला र २२ जना पुरुष गरी एक–एक थान कम्बल वितरण गरिएको हो । क्लवका अध्यक्ष समेत रहेका समाजसेवी ई. सूर्यनारायण यादव, समाजसेवी बलराम यादव, ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज महादेव ठाकुर, उप–स्वास्थ्य चौकीका ईञ्चार्ज विशेश्वर मण्डल, साना किसान सहकारी संस्था रायपुरका प्रमुख घनश्याम यादव, पत्रकार बिन्दु यादवलगायतका व्यक्तिहरुले विपन्न परिवारलाई कम्बल हस्तान्तरण गरेका छन् ।
क्लवले यस अघि मलेठ गाविसको वडा नम्वर–७ स्थित मुसहर बस्तीमा समेत ५५ थान कम्बल वितरण गरेको संस्थाका अध्यक्ष ई. यादवले जानकारी दिए । DSC06999 (1)