• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेशी नेताकै कारण मधेश गुलाम

शम्भु कुमार साह

अहिले मधेश आन्दोलनमय भएको छ । करिब सवा पाँच महिनादेखि चल्दै आएको आन्दोलन स्थिर हुने संघारमा छैन । सवाल उठ्दै होला मना केका लागि आन्दोलन भन्दा अधिकारका लागि रे ? के अधिकार माग्ने चिज हो र ? के अधिकार माँगेर लिनुपर्छ र ? यर्थातमा अधिकार माग्नु पर्ने हैन निर्माण गर्नुपर्ने हो । माग्नु पर्दा नै कोसँग माग्दै छौ त्यो पनि विचार गर्नुपर्ने कुरा हो ।
आफ्नो भएको दिन्छ नि नभए कहाँ दिन्छ र । जुन दिन संविधान जारी गर्यो त्यो दिन पनि विरगञ्जमा मधेशको माटो खुनले भिजाएर । भन्छ नि, खुनको होली खेलेर खुसी मनाउँछन् । त्यही सपना पुरा गर्यो नेपालीले । संविधान जारी गर्यो, खुनको होली पनि खेल्यो, नेपालभरि दीप जलायो पटाका फोड्यो तर मधेशको माटोलाई रगतमय बनाएर ।
मधेशको छोरा, कसैको सिन्दुर त कसैको चिराग त कसैको भाइ दाइ मधेशको लागि प्राणको आहुती दियो । पूर्वाञ्चल क्याम्पस, धरानमा डिप्लोमा इन इलेक्ट्रोनिक इन्जिनियरिड्ड तेश्रो वर्षमा अध्ययनरत रहँदा इन्जिनियररिड्ड सामाजिक अध्ययन किताब पढ्नु पर्यो । जुन नेपालकै इतिहासमा अधारित छन् । त्यसमा दुईटा पाठ मधेशी विद्यार्थीको लागि निकै सोच्नुपर्ने बाध्यता बन्छ । जुन हो नेपाल र शब्दको अर्थ ? र विश्व मानचित्रमा नेपाल ? नेपाल शब्दको अर्थमा नेवारी भाषाको अधारमा, शेर्पा भाषाको अधारमा, पहाडको अधारमा, हिमालको अधारमा वर्णन गरिएर नेपाल नाम राखिएको छ तर कतै तराईको आधारमा, मैथिली, भोजपुरी, अवधी, थारु, राजवंशी भाषाको अधारमा नेपालको अर्थ भेटाइन । Map of Madhesh
मधेशको इतिहास हेर्ने हो भने मध्यदेशको पहिलो राजा इक्ष्वाकु हो । ३४ वी पिढीपछि माँ जानकीको जन्म भुमि हो । ई.पू. ५६३ मा भगवान बुद्धको जन्म भुमि हो । त्यस बेला मधेशलाई मज्झिमदेश भनिदै थियो । त्यही मधेशको पूर्वको भुभाग सन १८१६ डिसेम्बर ८ को संधिमा बृटिसले दुई लाखमा नेपाललाई दियो ।
सन् १८६० नोभेम्बर १ मा बृटिसले मधेशको पश्चिमी भुभाग फेरी नेपाललाई दानमा दियो (सिपाही बिद्रोह भागतमा दवाउन नेपालले बृटिसहरु सहयोग गरेको खुसीमा) तेही दिनदेखि मधेश नेपालको कब्जामा रहिआएको छ । मधेश नेपालको गुलाम बन्दै आएको छ । मधेशमा धेरै नेताहरु जन्म लिए तर यर्थातलाई ढाकछोप गरी अधिकारको नाममा फेरी मधेशलाई नेपालको गुलाम बनाउँदैछ । के मधेशी जनता नेपाली हो । इतिहास पढ्नुस् थाहा हुनेछ कि मधेश आफै एउटा राष्ट्र हो ।
सन् १९५८ सम्म मधेशीलाई काठमाडौं जान विजा लिनु पथ्र्यो । हिन्दुस्तानबाट पाकिस्तान र बंगलादेश अलग भए । मलेशियाबाट सिंगापुर यस्ता थुप्र देशहरु गुलामीको जञ्जीर तोड्यो । मधेशी जनता नेपाली नभए पनि नेपालको गुलामी किन गर्ने त ? मधेशका नेताहरु इतिहास जानी–जानी मधेशलाई नेपालको गुलामी जञ्जीरमा बाँध्दै छ । आन्दोलनमा रहेका शिर्ष दुई नेताहरुले खुलेआम भन्दैछन् मधेश एक राष्ट्र हो तर अरु नेताहरुकै कारणले मधेशलाई नेपालको गुलाम बनाउँदै छन् त्यो रहस्यमय छ। आफ्नोलाई बरावरको फाँट दिन्छ अरुलाई कहाँ पो र । यथार्थलाई मधेशी नेताहरु ढाकछोप गर्दैआएकोले उनीहरुकै कारण मधेश गुलाम रहँदैआएको छ । शासकवर्गले समेत अझैं मधेशी जनतामाथि शासनसत्ता कायम राख्दै गुलाम नै बनाएर राख्ने दाउमा रहेकोले नेतृत्ववर्ग सचेत हुनु आवश्यक छ ।

लेखक, साह मेकानिकल इन्जिनियरिड्ड कलेज देहरादुनमा अन्तिम वर्षमा अध्ययनरत छन् । (सं)