• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सिर्जना फाइनान्सको निक्षेप एक अर्व ३४ करोड

सिर्जना फाइनान्सको निक्षेप एक अर्व ३४ करोड

बिराटनगर, २९ पुस । सिर्जना फाइनान्स लिमिटेडको १५औंं बार्षिक साधारण सभा बिराटनगर स्थित मोरङ्ग व्यापार संघको सभाहलमा बुधवार सम्पन्न भएको छ ।
सुयस प्याकुरेलको अध्यक्षतामा आयोजित सभामा सञ्चालक सुवास आचार्य, बिष्णु पोखरेल र नायब कार्यकारी प्रमुख भवानीशंकर चापागाइँले मन्तव्य व्यक्त गरे । सभाले एक अर्व ३४ करोड निक्षेप, एक अर्व तेह्र करोड कर्जा लगानी भएको २०७२ असारमसान्तको बार्षिक प्रतिबेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।
गत बर्ष सिर्जना फाइनान्सले ६ करोड ६१ लाख सञ्चालन मुनाफा गरेको छ । चालु आर्थिक वर्षमा सिर्जनाले १८ करोड सञ्चालन मुनाफा गर्ने लक्ष्य लिएको छ । यस बर्ष सिर्जनाले २ः१ (दुई बराबर एक) हकप्रद शेयर निष्काशन गरी चुक्ता पूँजी रु.२० करोड १६ लाख पु¥याई दुई बर्षमा बोनस शेयरबाट चुक्ता पूँजी चालिस करोड पुरा गर्ने भएको छ ।
वर्ष सिर्जनाले मोरङ्गको कञ्चनबारी, सुनसरीको दुहबी र सप्तरीको कञ्चनपुरमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याउन लागेको जनाइएको छ । मुख्य कार्यालय बिराटनगर, कञ्चनपुर शाखा र राजबिराज शाखामा एटिएम मेसीन यसै आर्थिक वर्ष भित्र जडान गर्न लागेको छ । ग्राहक संख्या ३ लाख पु¥याउने र सिर्जना फाईनान्सलाई राष्ट्रिय स्तरको बैंक पछिको पहिलो संस्था बनाउने लक्ष्य लिएको छ ।