राजविराज, २८ पुस । नयाँ शक्ति निर्माण अभियान सप्तरीले मङ्गलवार राजविराजमा आयोजना गरेको कार्यक्रमलाई बिथोल्ने प्रयास भए पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मधेशी मोर्चाले कार्यक्रम हुन नदिन सदभावना पार्टीका सह–महासचिव राजुगप्तालगायतले प्रयास गरेको जनाईएको छ । यस अघि लहानमा आयोजित कार्यक्रमलाई राजु गुप्ताको विशेष पहलमा बिथोलिएको थियो । सयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको परिपक्क सोच र दूरदृष्टिको कारण नया“शक्तिले आयोजना गरेको ‘मधेशी मुक्ति आन्दोलन तथा नया“शक्ति बीचको अन्तरसम्बन्ध ’विषयक विचार गोष्ठी सफलतापूर्वक सम्पन्न भएको अभियन्ताहरुले बताएका छन् ।
उल्लेखनीय छ नया“ शक्तिनिर्माण अभियानले असोज १२ गते जनकपुरमा आयाजित कार्यक्रममा नै मधेशको मागप्रति ऐक्यबद्धता तथा समर्थन जनाइसकेको अवस्थामा उसको कार्यक्रमलाई बिथोल्नु हु“दैन भने एक पक्षको भनाई रहेको थियो भने अर्कोपक्षले कुनै पनि हालतमा कार्यक्रम हुन नदिने विचार राखेका थिए । तर समाजवादी विद्यार्थी मोर्चाका अध्यक्ष अशोक यादवले नया“ शक्ति र मोर्चाबीच केन्द्रीय रुपमा नै कार्यक्रम गर्ने निर्णय भएकोले निवाद्र्ध रुपमा कार्यक्रम सम्पन्न हुनदिनुपर्छ भन्ने कुरा राखेपछि विथोल्ने पक्षमा रहेकाहरु पछि हटेको अभियानका नेता रामरिझन यादवले बताए ।
कार्यक्रमलाई नया“ शक्तिप्रमुखअभियन्ताहरु रामचन्द्र झा, महेन्द्र पासवान, रामरिझन यादव, कृष्णकुमार गुप्तालगायतले सम्बोधन गरेका थिए । कार्यक्रम नया“ शक्ति निर्माण अभियान सप्तरीका संयोजक अनिल साहको संयोकत्वमा सम्पन्न भएको थियो ।