• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एमाओवादीकै भूमिकाकै कारण संविधान जारी भएको होः नेता साह

एमाओवादीकै भूमिकाकै कारण संविधान जारी भएको होः नेता साह

वीरगञ्ज,२७ पुस । एकिकृत नेकपा माओवादी प्रदेश नम्बर–२ का ईञ्चार्ज बिश्वनाथ साहले एमाओवादीकै भूमिकाका कारण संविधान जारी भएको दावी गरेका छन् ।

सोमबार वीरगञ्जमा आयोजना गरिएको छलफल तथा कार्यकर्ता भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । ‘संविधान जारी नभएको भए मुलुक शाही तन्त्र वा सेनाको हातमा गईसकेको हुन्थयो’ उनले भने ‘संबिधान जारी गरेर मुलुकले गणतन्त्रलाई संस्थागत गरेको छ ।’
मधेशमा आन्दोलन जारी भइरहनुले राज्यलाई ठूलो घाटा भएको भन्दै नेता साहले बार्ता र संवादबाट नै केही दिनमा मुलुकले निकास पाउने जिकिर गरेका छन् । मधेशको मुद्दालाई माओवादीले उठान गरेको दाबी गर्दै उनले भने ‘अब मधेशको विषयमा देखिएको भ्रम चिर्नका लागि कार्यकर्ताहरुलाई मैदानमा खटिन आग्रह गर्दछु । आफ्नो पार्टी मधेशी बिरोधी हुनै नसक्ने जिकिर गर्दै संबिधानमा केही कुराले अझै पनि समस्या समाधान गर्न सक्ने अवस्था नभएका कारण संबिधान संशोधन भने आवश्यक रहेको बताए ।
एमाओवादी क्षेत्र नम्बर २ का सेक्रेटरी क्षेत्र बहादुर श्रेष्ठ(अनिल), जिल्ला संयोजक बिजय महतो, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रामबावु बैठा, केन्द्रीय सदस्य प्रभाकर गुप्ता, नेताहरु प्रभु यादव, कमल बहादुर पिठाकोटे, डा. हसिबु रहमान अंसारी, क्रान्तिकारी पत्रकार संघ पर्साका कार्यवाहक अध्यक्ष कृष्ण उदास खनाल, सचिव निरज पिठाकोटे लगायतले धारणा राखेका थिए ।