• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सदभावना अध्यक्ष महतोको स्वास्थ्यमा समस्या, थप उपचारकालागि दिल्ली लगियो

सदभावना अध्यक्ष महतोको स्वास्थ्यमा समस्या, थप उपचारकालागि दिल्ली लगियो

राजविराज, १७ पुस । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा समस्या आएपछि शुक्रवार थप उपचारका लागि दिल्ली लगिएको छ ।
धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट काठमाण्डौ ल्याई इण्डियन एयरलाइन्सको विमानबाट उनलाई दिल्ली लगिएको हो । भारतको दिल्ली स्थित मेदान्त अपस्तालमा उपचारका लागि लगिएको छ । माउन्टेन एयरको हेलिकोप्टरबाट शुक्रवारै धरानबाट काठमाडौं ल्याइएको थियो ।
गत पुस ११ गते मोरङ्गको जोगबनी नाकामा धर्ना दिने क्रममा प्रहरी आक्रमणमा परी अध्यक्ष महतो घाइते भएका थिए । लाठी र बुटले निर्ममतापूर्वक कुटपीट गरेपछि गम्भीर घाइते भएका उनलाई विराटनगरको गोल्डेन हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई थप उपचारकालागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ । 1934459_982048885167677_1497833536049259399_n