राजविराज । निरन्तरको लामो बन्दको मौकामा थारु भाषाको गिती एल्बम ‘हमर लाल सारी’को सम्पूर्ण गीतहरुको छायाङ्कन सकिएको छ ।
कुल ६ ओटा गीत रहेको उक्त एल्बमको छायाङ्कन केही साताअघि सकिएको हो । गोपाल चौधरीको निर्देशनमा बजारमा आउने लागेको उक्त एल्बमको चार ओटा गीतको सम्पादन समेत भईसकेको तथा बाँकी दुईओटा गीतको सम्पादन सकेपछि बजारमा ल्याईने जनाईएको छ । एल्बममा चर्चित गायक गायिकाहरुको स्वर रहेको छ ।
कलाकर्मी दिलकुमारीको निर्देशन रहेको गीती एल्बममा प्रदीप चौधरी, रिषिकला, निशा, दिपेन्द्र, प्रेमशिला, गोपाल, प्रिया, प्रमोद, सञ्जु मण्डललगायतका कलाकारहरुको अभिनय रहेको छ । उक्त गिती एल्बमको छायाकारमा सुरेश थारु तथा मेकअपमा गजु गजेन्द्र रहेका छन् । हमर लाल सारी…, बैगन तोरए…, माछ मारनी….., नथियामे हमर तारा खसल…, सामरोके अङ्गना…लगायत
का गीतरहरु रहेको थारु कलाकार प्रिया सिंह थारुले जानकारी दिएकी छिन् ।
