राकेश साह
वीरगञ्ज, १३ पुस । नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले जारी मधेस आन्दोलन पहाडि समुदाय बिरुद्ध नभई विभेदकारी संविधान विरुद्ध भएको बताएका छन् ।
मधेसी पत्रकार समाज पर्साले सोमवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलमा अध्यक्ष झाले यस्तो कुरा बताएका हुन । मधेशी जनता अधिकार सम्पन्न नभएसम्म मधेस आन्दोलन नरोकिने र आफुहरु पनि बिश्राम नलिने बताए । नेपाल सरकार आन्दोलनकारीहरुको माँगप्रति जिम्मेवार नभएको आरोप लगाउदै झाले आन्दोलन पाँच महिना पुग्नै लाग्दासम्म सरकारले आन्दोलनलाई वेवास्ता गरेको प्रष्ट पारे ।
अध्यक्ष झाले मधेस मुक्तिका लागि गठबन्ध हरपल मोर्चासँग कार्यगत एकता गर्न तयार रहेको दोहो¥याए । सदभावना अध्यक्ष राजेन्द्र महतो माथि भएको आक्रमणको घोर भत्र्सना गर्दै छानबिन आयोग गठन गरी दोषीमाथि कार्वाहीको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्यहरु सुनिल रोहित, शिव पटेल, श्रीमन नारायण मिश्र, राजीव झा, अनिरुद्ध सिंह, पप्पु पटेल, पर्सा जिल्ला प्रवक्ता सुजित त्रिपाठी, उपाध्यक्ष सन्तोष साह, सचिवद्वव कृृष्णा प्रसाद कुर्मी, जादोलाल साह, महिला नेतृहरु मुनी श्रीवास्तव, संगिता तिवारी, अनिता रौनियार ,संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव,नेताहरु ओमप्रकास सर्राफ, धर्मेन्द्र पटेल, धुरेन्द्र पटेल, अनिल गुप्तालगायत सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सहजिकरण मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले गरेका थिए ।