वीरगञ्ज, १३ पुस । संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साले जारी मधेस आन्दोलनको क्रममा पुस ११ गते बिराटनगर स्थित रानी भन्सारमा प्रहरीले सदभावना पार्टीका अध्यक्ष राजेन्द्रमाथि भएको दमनको कडा शब्दमा भत्र्सना गरेका छन् ।
वीरगञ्जबाट प्रकाशित हुने नेपालको एक मात्र भोजपुरी दैनिक पत्रिकाका प्रकाशक अजय चौरसिया र कान्तिपुर पत्रिका बोक्ने गाडीमा भएको आगजनीको समेत गठबन्धनले भत्र्सना गरेको छ । युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवको अध्यक्षतामा सोमवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
यादवले विराटनगर स्थित रानी भन्सार र सिमावर्ती भारतीय शहर जोगबनी बीचको सिमा नाकामा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा रहेका आन्दोलनकारी शान्तिपूर्ण रुपले धर्नामा बस्न खोज्दा प्रहरीले गरेको बर्वर दमन प्रति गठबन्धनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । युवा नेता ओम प्रकास सर्राफले नेपाल सरकारले मधेस आन्दोलनलाई सम्बोधन गर्नुको सट्टा शान्तिपुर्ण आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुमाथि दमनको निति लिएको प्रति कडा आक्रोश व्यक्त गरेका छन् ।
बैठकमा गठबन्धनका सल्लाहकार ओमप्रकास सर्राफ, सुजित त्रिपाठी,धर्मेन्द्र पटेल, अनिल गुप्ता, धनजीव मिश्रा,रोशन पटेल, धुरेन्द्र पटेल, धर्मेन्द्र गुप्ता, जलेश्वर सर्राफ, बिष्णु कुमार, संदिप चौरसिया, सुशिल पटेल, मित्रदेव यादव, समसुल अंसारी , असरफ मन्सुरीलगायतको उपस्थिति रहेको थियो ।