भ्रमको खेती फैलाउँदै राष्ट्रको चौथो अंग भनिने राष्ट्रवादी मिडिया
आफूलाई राष्ट्रवादी भनाउँदो मिडियाहरुले पुनः एक पटक राष्ट्रवादी चरित्रको उदाङ्गो प्रस्तुत गरेको छ । प्रसङ्ग हो सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले कुटपिट गरेको घटना । हिजो अबेर रातीसम्म ती मिडियाहरुले राजेन्द्र महतोलाई भारतीय प्रहरीले कुटे, महतो भारततर्फ गएर ढुङ्गामुढा गरे, महतोलाई नेपाल प्रहरीले पक्राउ गरयो जस्ता विभिन्न अपुष्ट र भ्रम फैलाउने समाचारहरु सम्प्रेषण गरेर आफ्नो चरित्र उजागर गरेको प्रष्ट देखिन्छ । जबकी सद्भावना अध्यक्ष महतो बिरगंज नाकामै पत्रकार सम्मेलन गरि शनिबारदेखी बिराटनगरको रानी नाकामा धर्ना बस्ने उद्घोष गरेका थिए र सोही कार्यक्रम अनुसार नाकामा धर्ना बसे ।
मधेशी मोर्चाका कार्यकर्ताहरुले धर्ना स्थलमै नाराबाजी गर्दै महतोलाई साथ दिइरहेका थिए । सोही समय प्रहरीले नाकाबाट अवरोध हटाउन बल प्रयोग गरे । त्यस समयमै मोर्चाका कार्यकर्तामाथी प्रहरीले लाठी चार्ज गरयो र महतो समेत आधा दर्जन नेता कार्यकर्ता घाइते भए । यस समाचारलाई आफूलाई सरकारको ठेक्केदार ठान्ने राष्ट्रवादी मिडियाले आफ्नो अनुकुल समाचार सम्प्रेसन गरे । यदी शान्तिपूर्ण आन्दोलनका क्रममा सरकारमा रहेका दलहरुका कनिष्ठ नेतामाथी यस्ता प्रकारको घटना भएको भए सोही मिडियाले त्यसलाई प्राथमिकताका साथ प्रिन्ट मिडियाले “ब्यानर” न्यूज तथा इलेक्ट्रोनिक्स मिडियाले “फ्ल्यास” अथवा “ब्रेकिङ” न्यूजका रुपमा प्रस्तुत गर्थे । तर, ती मिडियाहरुले एउटा मधेशवादी दलका नेतालाई प्रहरीले गम्भिर घाइते बनाएको समाचारलाई कुनै प्राथमिकता नदिएर उल्टै आफ्नो घुमाउरो भाषा प्रस्तुत गरेर जनतालाई राष्ट्रवादको नमूना प्रस्तुत गर्न कुनै कसर बाकी राखेन् । वाह रे राष्ट्रको चौथो अंग भनिने राष्ट्रवादी मिडिया ! पत्रकार नवीन गुप्ताको फेसबुक वालबाट