राजविराज, ११ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको केन्द्रीय निर्णय अनुसार सप्तरीमा शनिवार राजविराजमा बृहत बिरोध प्रर्दशन गरिएको छ ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि समेत केहीबेर प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अशोक कुमार यादव, सदभावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, मधेशी मोर्चाका संयोजक कपिलदेव यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, फोरम नेपालका अध्यक्ष दिनेश यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र कुमार मण्डल, नेकपा माओवादीका संयोजक जय प्रकाश यादव, नेपाल सदभावना पार्टी गजेन्द्रवादीकी केन्द्रिय सदस्य सावित्री पण्डित, विधार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर यादव, महिला मञ्चकी केन्द्रिय महासचिव पुनम यादव, महिला नेतृ रमिला साह, अनेरास्वियु क्रान्तिकारीका मकसुदन यादवसहितका नेता तथा कार्यकर्ताहरु सहभागिता रहेको थियो ।
मधेशी मोर्चाका संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्धय चित्त नारायण यादव, विशेश्वर यादव, बौद्धिक समाज सप्तरीका संयोजक प्रा.अमरकान्त झा, नेकपा माओवादीका जिल्ला उपाध्यक्ष प्रभाकर सिंह, तमलोपाका सचिव वौवालाल खंग, तराई मधेश सदभावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, तराई मधेश राष्ट्रिय अभियानका नगर संयोजक दिनेश साह लगायतले मन्तव्य व्यक्त गरेका छन् । सभाको सञ्चालन रामकिसुन यादवले गरेका थिए ।