• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वाह रे महिला अधिकारकर्मीहरु !

हिजो जनकपुरमा राष्ट्रपति विद्या भण्डारीको विरोधमा भएको घटनालाई आज काठमाण्डौका केही महिला अधिकारकर्मीहरुले एकल महिलाको मुद्दा बनाएर मधेशीहरुलाई गाली गर्दै आक्रोश पोखेका छन् । जबकि उक्त घटना एकल महिलाको विरोधमा नभएर राष्ट्रपति वा राष्ट्रप्रमुखको विरोधमा भएको थियो, जुन राजनितिक बिषय हुन् । केही महिला अधिकारकर्मीहरुले यसलाई महिला हिंसासँग जोडेर मधेश आन्दोलनलाई बदनाम गर्न खोज्दै छन् । यो दुर्भाग्यपूर्ण छ ।
स्मरण रहोस्, आज आएर महिला हिंसाका नाममा अवाज उठाउने तिनै अधिकारकर्मीहरु हुन् जसले बिगत चार महिनादेखि मधेशमा सुरक्षाकर्मीको हिंसाबाट मधेशी महिलाहरु पिडित हँुदा कानमा तेल हालेर सुतेका थिए । आन्दोलनको क्रममा सुरक्षाकर्मीहरुले मधेशी महिलाहरुको साडी तानेर लछारपछार गर्दै संमवेदनशील अंगहरुमा कुटने पिटने, गोली हानेर मार्दा समेत काठमाण्डौका ती महिला अधिकारकर्मीहरु मौन नै थिए । आज तिनै अधिकारकर्मीहरु एकाएक जागेका छन् । यस घटनाबाट प्रष्ट देखिन्छ महिला अधिकारकर्मीहरु पनि समुदायगतरुपमा विभाजित छन् । नत्र भने विद्या भण्डारीको विरोधमा चित्त दुखाउनेहरु विरगंजकी करीमा बेगममाथी हिंसा हुँदा, जलेश्वरकी रामशीला मण्डल मारिँदा, सप्तरीकी बालिका मुस्कान साहलाई गोली लाग्दा वा बिराटनगरकी सदिना खातुन कुटिदा किन बोलेनन् ?

मानव अधिकारकर्मी रीता साहको फेसबुक वालबाट