• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाजिक संजालबाट

देशको समस्या समाधान गर्न डा. बाबुरामको चार सूत्र

देशको समस्या समाधान गर्न डा. बाबुरामको चार सूत्र

४ महिनादेखिको तराई/मधेस आन्दोलन, ३ महिनादेखिको अघोषित भारतीय नाकावन्दी,२ महिनादेखिको नवगठित सरकारको चीरनिद्रा (+ भित्री सत्ता लुछाचुँडी) को मारमा भूकम्पपीडित लगायत सर्वसाधारण जनता अव थेग्नै नसक्ने जीवनमरणको दोसाँधमा पुगेको, देशको अर्थतन्त्र दशकौं पछाडि धकेलिएको र हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धी समेत गुम्ने खतरा बढ्दै गएको असामान्य गम्भीर स्थितिमा तत्काल निकासकानिम्ति यसो गरे कसो होला? :

१. सरकार र सरकारसम्बद्ध दलहरूले सीमांकन लगायतका सबै समस्या संविधान संशोधन मार्फत प्याकेजमा हल गर्ने ठोस प्रतिबद्धता सहित स्वतन्त्र व्यक्तिहरूको मध्यस्थतामा आन्दोलनकारीहरूसंग गम्भीर र सार्थक वार्ता थालनी गर्ने।

१. आन्दोलनकारी शक्तिहरूले आफ्नो माग र आन्दोलन कायम राख्दै आन्दोलनको रुप बदल्ने-(क) आमहड्ताल/बन्द र सीमा अवरोधको सट्टा सरकार/ प्रशासन केन्द्रित वा सत्याग्रह प्रकृतिका आन्दोलन गर्ने; (ख) आन्दोलनको केन्द्र राजधानी काठमाण्डौ बनाउने। (ग) सम्झौता नभएसम्म संसद/सदन संघर्ष जारी राख्ने।

३. नागरिक अगुवा लगायत सबै समुदाय ( खस-आर्य + आदिवासी जनजाति + मधेसी/थारू) र सरोकारवालाहरूको संयुक्त पहल/ नेतृत्वमा राजधानीमा समस्या समाधानमुखी प्रभावकारी सत्याग्रह प्रकृतिका कार्यक्रम गर्ने।

४. भारत सरकारसंग उच्च स्तरीय कुटनीतिक संवाद गर्ने। भारतले अघोषित नाकावन्दी अघोषित रूपमै फिर्ता लिने।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ राजनीतिज्ञ डा. बाबुराम भट्टराईको फेसबुक पेजबाट