• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बयलगाडा दौड प्रतियोगितामा सिरहा विजयी

विवाहपञ्चमी उत्सवको रौनक
राजविराज, १ पुस । सप्तरी र सिरहाको सिमाना छुट्याउने बलान नदीमा बुधवार विवाहपञ्चमीको अवसर पारेर बयलगाडा दौड प्रतियोगिता आयोजना गरियो ।
ग्त विगतका वर्षहरु झैं यो वर्ष पनि सिरहाको ईटहर्वा–७ र ८ मा पर्ने उक्त स्थानमा आयोजित बयलगाडा दौड प्रतियोगितामा सिरहाले सम्पूर्ण पुरस्कार हात पार्न सफल भएका हुन् । प्रतियोगिता सिरहाको सखुवा ननकार कट्टीका साने यादवको गोरुले करिब १२ मिनेटमा करिब ६ किलोमीटर दुरी तय गरी बयलगाडा दौडमा प्रथम स्थान हात पार्न सफल भए ।
सोही ठाउँका जगत यादवको गोरु द्वितीय र पैनडुबीका शिवनारायण यादवको गोरु तेस्रो स्थानमा प्राप्त गरेको रामजानकी विवाहपञ्चमी मेलाका संयोजक बिशेश्वर यादवले जानकारी दिए । विजयी प्रतियोगी बयलगाडाका बहलमान (चालक)लाई चाँदीको मेडल, गम्छा, गोरुकालागि पथरौटी, बाल्टिन लगायतका सामानहरु पुरस्कार स्वरुप प्रदान गरिएको उनले बताए । IMG_3941
प्रतियोगितामा सप्तरी, सिरहा र भारतका समेत गरी १५ ओटा बयलगाडा दौड प्रतियोगितामा सहभागी भएको स्थानीय राकेश कुमार यादवले जानकारी दिए । यस अघि आयोजना गरिएका बयलगाडा दौड प्रतियोगितामा सप्तरीले आफ्नो स्थान सुरक्षित राख्दैआएकोमा यो वर्ष उक्त रेकर्ड सिरहाले तोड्न सफल भएको आयोजक समितिले जनाएको छ । करिब पचास हजारको सहभागिता रहने गरेको उक्त मेला जनकपुरपछिको दोस्रो ठूलो विवाहपञ्चमी मेला मानिन्छन् ।IMG_3964
सप्तरीको मल्हनियाँ स्थित रामजानकी मन्दिरबाट विगतका वर्ष झैं यो वर्ष पनि बाजागाजाका साथ जन्ती बलान नदी किनारमा आएका छन् । मेला लागेको उक्त स्थलमा माटाका मूर्तिहरु समेत निर्माण गरिएको थियो । मल्हनियाँबाट आएको जन्तीलाई ईटहर्वाका वासिन्दाहरु भव्य स्वागत गरेका थिए । धनुषयज्ञ सम्पन्न भएपछि मिथिला परम्परा अनुसार विवाह सम्पन्न गरी जन्तीलाई ईटहर्वा–७ स्थित रामजानकी मन्दिर लगिएको छ । जन्तीलाई आदरसत्कार गरेर राखी विहीवार विदाई गरिने आयोजक समितिले जनाएको छ । DSC04634
ईटहर्वामा मङ्गलवारदेखि नै नाच तमासाका साथै मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको छ । करिब सय वर्ष अघि ईटहर्वा–९ का मधुलाल रामले बलानमा मूर्ती निर्माण गरेपछि गाउँलेहरुको सहयोगमा त्यहाँ मेला लाग्न थालेको हो । उक्त परम्परालाई त्यतिबेलैदेखि सिरहाको ईटहर्वा र सप्तरीको मल्हनियाँले निरन्तरता दिँदैआएको छ । IMG_3953
विवाह पञ्चमीको अवसरमा सप्तरीको तोपा–मन्सापुर, कडरबोना लगायतका स्थानहरुमा समेत मिथिला परम्परा अनुसार विवाहपञ्चमी पर्व मनाईएको छ । राजविराज स्थित राम मन्दिरसहित रामजानकी मन्दिरहरुमा विवाहपञ्चमी विशेष महत्वकासाथ मनाइएको छ ।

तस्विरः धर्मनाथ यादव