• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राष्ट्रिय दैनिक पत्रिकाहरु मोर्चाको नियन्त्रणमा

राष्ट्रिय दैनिक पत्रिकाहरु मोर्चाको नियन्त्रणमा

राजविराज, १ पुस । मधेशको समाचारलाई समुचित स्थान नदिएको भन्दै मधेशी मोर्चा सप्तरीले बुधवार राष्ट्रिय दैनिक पत्रिकाहरु नियन्त्रणमा लिएको छ ।
बिक्री वितरणकालागि सदरमुकाम राजविराजबाट कान्तिपुर, नागरिक लगायतका राष्ट्रिय पत्रिकाहरु जलाइएको हो । राष्ट्रिय मिडियाहरुले मधेश आन्दोलनका समाचारलाई समुचित स्थान नदिएको तथा आन्दोलनका विरोधमा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै आफूहरुले मधेश विरोधी पत्रिका नियन्त्रणमा लिएको विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले जानकारी दिए । नियन्त्रणमा लिएको पत्रिका जलाईएको तथा मधेश विरोधी पत्रिकाहरु विक्री वितरण आफूहरुले गर्न नदिने उनले बताए ।