Top_Header_Right_Add

जनकपुरमा रामजानकी विवाह महोत्सवको रौनक

जनकपुरमा रामजानकी विवाह महोत्सवको रौनक

राजविराज, २९ मंसिर । प्राचीन मिथिलाको राजधानी जनकपुरमा यतिबेला विवाह पञ्चमीको उल्लासमय माहोल छाएको छ ।
भारतको अयोध्याका राजा दशरथका सुपुत्र रामचन्द्र र जनकनन्दनी सिया जानकी बीच त्रेतायुगमा विवाह भएको दिनलाई स्मरण गर्दै जनकपुरमा हरेक वर्ष भव्यतापूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदैआएको छ । वैवाहिक कार्यक्रम अन्तर्गत सोमवार तिलकोत्सव समारोह धुमधामका साथ सम्पन्न भएको छ ।
विवाह महोत्सवका अवसरमा छोटे महन्थ रामरोशन दास वैष्णव(जानकीका बुवाको भूमिका) अगुवाइमा १ सय ५१ ओटा भार लिएर राममन्दिर पुगेका थिए । भारमा  स्याउ, सुन्तला, केरा, लाई, गाजा, खजुरिया, पेरुकिया, लड्डु, मिठाईलगायत अन्य विभिन्न परिकारहरुका साथ सन्त, योगी ऋषि–मुनि सहितको टोली स्थानीय राममन्दिर पुगेको जनाइएको छ ।fulbari-lila1
तिलकोत्सव समारोहमा जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास, भारतको अयोध्याबाट बाराती(जन्ती)मा सरिक हुन आएका दिगम्बर अखडाक महन्थ सुरेश दास(राजा दशरथको भुमिकामा), ऋृषिकेश स्थित सिद्ध हनुमान मन्दिरका महन्थ डा. रामेश्वर दास वैष्णव (गुरु बशिष्ट), विश्व हिन्दु परिषद्क केन्द्रीय मन्त्री राजेन्द्र सिंह ‘पंकज’, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
समारोहमा नगरका साधु–सन्त, महात्मा, भद्रभलादमी, बुद्धिजिवी, नागरिक समाज, लगायत हज्जारौं महिलाहरुको सहभागिता रहेको थियो । मिथिलामा वैवाहिक अवसरमा तिलकोत्सवमा ‘डहकन’ प्रथा अर्थात दुलहा पक्षबाट दुलही पक्षका सम्धीसम्धीसँग शिष्ट गाली तथा हास्य–परिहास्य गरिएको छ । सम्धीको दाढीमे कबुतर लटकाउ…लगायतका मैथिली गीतहरु गाएर वातावरण सु–मधुर बन्न पुगेको थियो ।fulbari-lila
त्यसैगरी टोली बनाएर मञ्चमा बसेर साधुसन्त बीच अबीर, हरदी, दही एक–अर्कालाई लगाएका थिए । उक्त उत्सवमा पाहुनाहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको मैथिली अभियानी साहित्यकार एवम् लेखक धीरेन्द्र प्रेमर्षीले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा अस्वस्थताका कारण जानकी मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णव समारोहमा उपस्थित हुन सकेन ।
जानकी मन्दिरबाट निकलिएका विवाहोत्सव यात्रा नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । परिक्रमा गर्ने क्रममा नगरबासीहरुले उनीहरुलाई अबीर, फूल, माला लगाएर भव्य स्वागत गरेका छन् । नगर परिक्रमा टोलीलाई स्थानीय महावीर युवा कमिटी र राम युवा कमिटीले भव्य स्वागत गरेको महाबीर यूवा कमिटीक अध्यक्ष धर्मेन्द्र साहले बताए । जनकपुरमा विवाहपञ्चमी पश्चात समारोहमा विवाह गर्न टाढा–टाढाबाट दुलहा–दुलहीहरु ऋाउने गर्छन् ।
मिथिलामा वैवाहिक परम्परा, रीतिरिवाज, संस्कृतिको संरक्षण–संम्वद्र्धन एवम् प्रवद्र्धन गर्न हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन पौराणिक धार्मिक सम्बन्धको रुपमा यो महोत्सव मनाईन्छ । शुक्रवारबाट शुरुवात भएको सात दिवसीय रामजानकी महोत्सवको पाँचौ दिन अर्थात मङ्गलवार मट्कोर गरिएको छ ।
महोत्सवको छैठों दिन बुधवार राम–जानकी विवाह तथा रामकलेवा हुने कार्यक्रम तय भएको मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए । निरन्तरको बन्द हड्तालका कारण यातायातका साधनहरु नचल्दा महोत्सवमा श्रद्धालुभक्तजन एवम् मेला भर्न आउनेहरुको संख्यामा भने केही कमी आएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer