• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राज्यलाई दवाब दिन राजविराजमा वृहद दवाव रयाली प्रदर्शन (फोटो फिचर समेत)

राज्यलाई दवाब दिन राजविराजमा वृहद दवाव रयाली प्रदर्शन (फोटो फिचर समेत)

विगत २२ दिनदेखि सप्तरीवासी स्वास्थ्य सेवाबाट बञ्चित

राजविराज, २८ मंसिर । विगत २२ दिनदेखि जिल्लाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित सम्पूर्ण स्वास्थ्य सेवा ठप्प रहँदा पनि राज्यपक्ष गम्भीर नभएको भन्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुले सोमवार राजविराजमा वृहद दवाव ¥याली प्रदर्शन गरेका छन् ।

मंसिर ६ गते राजविराज स्थित अञ्चल अस्पतालमा प्रहरीले प्रवेश गरी कार्यरत चिकित्सक तथा कर्मचारीलाई कुटपिट गरेको विरोधमा जिल्लाभरी स्वास्थ्यसेवा ठप्प रहँदा पनि समाधानकालागि ठोस पहल नभएको भन्दै राज्यलाई दवाव दिन र्यालीको आयोजना गरिएको हो । स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरबाट निकालिएको ¥यालीमा हाम्रो माग पुरा गर, दोषी प्रहरीलाई कारवाही गर, स्वास्थ्य क्षेत्रलाई शान्तिक्षेत्र घोषणा गर लगायतका नारावाजी गर्दै नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । 1 (7)
उक्त ¥यालीमा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, १ सय १० उपस्वास्थ्य चौकी र ४ वटा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारी, टेक्निकल कलेजहरु, नर्सिङ्गका अध्यापक, स्वास्थ्यकर्मी विद्यार्थीहरु, औषधी ब्यवसायी, निजामती कर्मचारी, नागरिक समाज, राजनीतिकर्मीसमेतको सहभागिता थियो । नगर परिक्रमा पश्चात आयोजित विरोध सभामा बोल्दै वक्ताहरुले आफूहरुको तीन सुत्रिय माग पुरा नभएसम्म काममा नफर्कने अडान दोहो¥याएका छन् । उनीहरुले आफूहरुको मागप्रति राज्यले बेवास्ता गर्दैआएको भन्दै आफूहरुले आन्दोलनलाई थप सशक्त बनाउने बताए ।1 (2)
चिकित्सक, स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीहरुको आन्दोलनका कारण सरकारी स्वास्थ्य संस्था, निजि क्लिनिक, ल्याब र औषधी पसल समेत बन्द रहँदैआएका कारण सर्वसाधारण जनता स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।
घटनाका दोषी जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी भिमप्रसाद ढकाल, डिएसपी नारायण चिमरीया र सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय राजविराजका एसपी दमन थापाको निलम्वन, सुरक्षाको ग्यारेण्टी र घाईते स्वास्थ्यकर्मी तथा कर्मचारीको उपचार एवम् क्षतीपुर्तिको माँग राख्दै उनीहरुले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदैआएका छन् । उनीहरुले अञ्चल अस्पताल परिसरमा धर्ना कार्यक्रम समेत जारी राखेका छन् । मानवीय सम्वेदनालाई मध्यनजर गर्दै अञ्चल अस्पतालको आकस्मिक सेवा र प्रसुती सेवालाई निरन्तरता दिँदैआएको संघर्ष समितिकी सह–संयोजक  डा. दीपा यादवले जानकारी दिईन् । 1 (6)

1 (1)

1 (3)