वीरगंज, २६ मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टीको जनवर्गिय संगठन तराई मधेस युवा फ्रन्टको कलैया नगर कार्य समिती शनिवार एक कार्यक्रमका बिच गठन गरिएको छ ।
पार्टीका केन्द्रीय महामन्त्री एवं पुर्व सभासद जितेन्द्र सोनलको प्रमुख आतिथ्य एवं युवा फ्रन्टका केन्द्रिय उपाध्यक्ष श्याम गुप्ताको बिशेष उपस्थितीमा आयोजित कार्यक्रममा तमलोपाका केन्द्रीय सदस्यहरु नवल किसोर सिंह, रामचन्द्र सिंह, परमहंस केसरी, बारा प्रवक्ता अरुण सिंह, महिला नेतृ पिंकी यादव, जिल्ला सदस्यहरु सुर्दशन पंडित, रामबाबु यादव, राम गुप्ता, हरेन्द्र यादव, लोकतान्त्रिक शिक्षक युनियनका बारा अध्यक्ष गोपाल ठाकुर, सदस्य सत्यनारायण कुशवाहा, शिक्षक सेवा आयोगका पुर्व सदस्य योगन्द्र राउत कुर्मीको विशेष उपस्थिति रहेको थियो ।
समितीको अध्यक्षमा शम्भु गुप्ता, उपाध्यक्ष हरेराम मेहता, सचिव सरोज साह, सह–सचिव रमेश साह र कोषाध्यक्षमा सरोज गुप्तालाई चयन गरिएको छ । सदस्यहरुमा बिजय यादव,भोला मिश्रा, बलिराम यादव, शिवचन्द्र पटेल, संजिव यादव, धुपलाल पटेल, राहुल गुप्ता, सुनर साह, रबि यादव, शैलेन्द्र सर्राफसहितका व्यक्तिहरु रहेका छन् ।